रिया बस्नेत, बुटवल । लुम्बिनी प्रदेशकाे प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएकाे छ ।
निबर्तमान मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट प्रदेशमा संविधानको धारा १६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकाे छ । तर नयाँ सरकार बनेकाे दुई साता बितिसक्दा पनि प्रतिपक्षदल एमालेकाे अबराेधका कारण मुख्यमन्त्री केसीले विश्वासको मत लिने ढिला भैरहेको छ अवस्थामा बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक लगातार अवरुद्ध गर्दा आएकाे छ । राजनीतिक उथलपुथल भैरहेकाे कारण नयाँ सरकारलाई काम गर्न निकै कठिन परिरहेकाे छ । सत्ताबाट बाहिरिए पश्चात एमालेले प्रमुख प्रतिपक्षका रुपमा प्रदेशसभा बैठक पनि पटक पटक अवरुद्ध गर्दै आएको छ ।
एमालेले भदौ २ र ३ गते पनि प्रदेशसभा बैठक अबरुद्ध गरेकाे थियाे । दुई सांसदलाई एमालेले आफ्ना सांसद भन्दै कारवाही समेत गरेको दावी गर्दै सचिवालयमा सम्म पत्र समेत पठाएको छ । सभामुखले कारवाहीका सम्बन्धमा कुनै प्रकृया अगाडि नबढाएकाे भन्दै एमालेको आरोप छ ।
प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपाबाट ‘सूर्य’ चिह्न लिएर निर्वाचन जितेका सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने अडान राखेको
एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल बताउँछन ।
प्रदेशसभा सचिवालयले एमालेले माग गरेजस्तै सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने भन्दै जवाफी पत्र पठाएपछि सभामुख आफै न्यायाधीश बनेर आफु विधि, प्रकृयामा नरहेकाे भन्दै सभामुखकाे राजिनामा समेत माग गरेका छन । पटकपटकाे राजनिती उतारचढावले प्रतिपक्ष दल एमाले र सभामुख बीच पनि फेरि अर्काे द्वन्द्व चर्किएको छ ।
यसरि पटक पटक द्धन्द भईरहेकाे कारण प्रदेशसभाको काम कारवाही कसरी अघि बढ्ला भन्नेमा सबै तिर चासाेकाे बिषय बनेकाे छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology