Logo

२०८३, श्रावण ३०गते


images
images

पाकिस्तानमा मनसुनी वर्षाका कारण २१५ जनाको मृत्यु

पाकिस्तानमा मनसुनी वर्षाका कारण २१५ जनाको मृत्यु

images
  • पाकिस्तानमा मनसुनी वर्षाका कारण २१५ जनाको मृत्यु
    images
    images

    एजेन्सी । पाकिस्तानमा मनसुन सिजनमा हालसम्म वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २१५ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    जसमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ४३ जना घाइते भएका छन् भने जुलाईदेखि शुरु भएको मनसुनमा घाइतेको संख्या ४०५ पुगेको एनडीएमएले जनाएको छ ।

    images
    images
    images

    सिजनभर मृतकहरूमा १०८ बालबालिका र ३२ महिलाहरू समावेश छन् । पूर्वी पञ्जाव प्रान्त ८६ जनाको मृत्युको साथ सबैभन्दा बढी प्रभावित क्षेत्र थियो ।

    images
    images
    images

    त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी सिन्ध प्रान्तमा क्रमशः ६५ र ३७ जनाको मृत्यु भएको थियो । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १८ जना, पाकिस्तान नियन्त्रित कश्मीरमा पाँच र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा चार जनाको मृत्यु भएको थपिएको छ ।

    एनडीएमएले उल्लेखित अवधिमा ४४८ गाईवस्तुको मृत्यु भएको र २ हजार ५७५ घर र ३१ पुलमा क्षति पुगेको बताएको छ । आगामी ४८ घण्टामा देशका काबुल, सिन्धु र झेलम नदीको माथिल्लो भागमा हल्का वर्षाको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

    सरकारले स्वास्थ्य सेवा तथा राहतका लागि ८६ शिविर स्थापना गरी ४ हजार १०२ जनाले उपचार वा राहत पाएको जनाएको छ । मनसुन सिजन दक्षिण एशियाली देशमा सेप्टेम्बरसम्म चल्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।