बुटवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक तुलाराम घर्तीले एकदलको सांसदलाइ अर्को दलले कारबाही कसरी गर्न सक्छ भन्दै प्रश्न गरेका छन । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बारम्बार दुई सांसदलाई कारबाहीको माग गर्दै संसद अबरुद्ध गर्दै आएको सन्दर्भमा बोल्दै सचेतक घर्तिले यस्तो बताएका हुन् ।
प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपाबाट ‘सूर्य’ चिह्न लिएर निर्वाचन जितेका सांसदद्वय अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै एमालेको संसदमा नाराबाजी गर्दै आएका छन् ।
नयाँ सरकार निर्माण भए सगैँ मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट पटक पटक विश्वासको मत लिने तयारी भइरहे पनि विपक्षी दल एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology