Logo

२०८३, आश्विन १०गते


images
images

टुडिखेलमा जारी फुटबलमा आजदेखि प्रिक्वाटरका खेल

टुडिखेलमा जारी फुटबलमा आजदेखि प्रिक्वाटरका खेल

images
  • टुडिखेलमा जारी फुटबलमा आजदेखि प्रिक्वाटरका खेल
    images
    images

    राजेश पराजुली, पोखरा । पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सकिएका छन् ।

    images
    images
    images

    आजदेखि प्रिक्वाटरफाइनलका खेल जारी रहेको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा एट टु नाइन टिम ‘बि’ र कमलपोखरीबीच भएको आजको पहिलो खेलमा ४–१ गोलअन्तरले एट टु नाइन टिम ‘बि’  विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    images
    images
    images

    यस्तै दोस्रो खेल एट टु नाइन टिम ‘ए’  र भण्डारढिकबीच खेल्नेछ ।  तेस्रो खेलमा सनराइज र गेमशाला भिड्नेछन् ।

    चौथो खेलमा क्रस एफसी र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । पाँचौ खेलमा मालेपाटन र केआइइसी बुनबीच  हुनेछ ।

    छैटौं खेलमा आरटी एफसी र युनाइटेड बगर भिड्नेछन् । सातौ खेल मार्सल र मिलनटोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

    सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टुडिखेलमा जारी फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।