बलुचिस्तान । पाकिस्तानमा बन्दुकधारीको आक्रमणमा २४ घण्टामा ३९ जनाको हत्या भएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्तमा मात्र २४ घण्टामा ३९ जनाको हत्या भएको बिबिसीले जनाएको हो। जसमा २२ जना यात्री रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
बलुचिस्तानको कलात जिल्लामा ५ प्रहरीसहित ११ जनाको हत्या भएको छ। बलुचिस्तानको मुसाखेल जिल्लामा बन्धुकधारीले २२ जनाको हत्या गरेका छन्। गाडीमा सवार उनीहरुको गाडीबाट उतारेर हत्या भएको बीबीसीले जनाएको छ।
यात्रुसँगै बन्दुकधारीले प्रहरी चौकी, सुरक्षा निकायको शिविर र केही सरकारी निकायमा आक्रमण गरेका हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology