नेपालको संविधान २०७२ को प्रस्तावना र धारा ४४ मा समाजवादउन्मुख भनि लेखिएको छ । यस बारेमा बहस चलाउनु स्वभाविक हो । समाजवाद सम्बन्धी यस्ता बहसको क्रममा समाजवादको अर्थ, उत्पत्ति इतिहासको विश्लेषणका साथै नेपालमा आवश्यक पर्ने समाजवादको स्वरुप कस्तो हुने यसको राजनीतिक दलको स्पष्ट धारणा आएको छैन ।
साधारणत: एउटा सामाजिक संगठन राज्यको राजनीतिक र आर्थिक सिद्धान्तको आधार सामूहिकता एवम् सरकारी स्वामित्व मानी उत्पादन एवम् वितरण प्रजातान्त्रिक व्यवस्थाद्वारा गरिने प्रणालीमा आधारित व्यवहारलाई ‘समाजवाद’ भन्ने गरिन्छ । यसै गरी वेस्टर्न न्यू कलेजियट डिक्नरीको सन् १८३६ को प्रकाशनमा समाजवादको अर्थ सामूहिकता वा सरकारी स्वामित्वमा वस्तुहरुको उत्पादन र वितरण प्रजातान्त्रिक तवरबाट गर्ने सिद्धान्तमा आधारित व्यवहार भनिएको छ । यथार्थमा उत्पादनका साधन र तिनीहरुको स्वामित्व र व्यवस्थापना राज्यको नियन्त्रणमा हुनु अथवा जे जति उत्पादन हुन्छ त्यो निजी फाइदाको लागि नभएर सम्पूर्ण समाजको लागि हुनुपर्ने वा गर्नुपर्ने अवधारणा नै समाजवाद हो ।
मध्ययूगिन विश्वमा भने समाजवादी चिन्तनसित विचारहरु त्यति पाइदैनन् तर पछिल्लो समय सर थोमस मुरे प्रष्ट विचारका साथ देखा पर्छन् । उनी सन् १५१६ मा प्रकाशित यूटोपियामा तत्कालिन ब्रिटेनको दरिद्रता र जनसंख्याको विरोधका रुपमा आदर्श समाजवादको कल्पना गर्न पुगे । मुरेको परिकल्पनामा सबै वस्तु माथि सबैको समाज अधिकार रहने कुराले उनलाई काल्पनिक समाजवादका संस्थापक भनिन्छ ।
वर्तमान समयमा समाजवाद शब्दको प्रयोग जथाभावी वा जुनसुकै र जस्तो सुकै परिवेश एवम् परिस्थितिमिा इङगति गर्ने गरेको देखिन्छ । समाजवाद अर्थात sociolism लेटिन भाषाको सोसियसबाट व्यूत्पादित शब्द हो, जसको अर्थ समाज हो यसै चलन चल्तीको भाषामा समाजवाद प्रयोग गरियो । त्यस समयका विद्धानहरुको महत्वपूर्ण भूमिका देखिन्छ । तीमध्ये प्लेटो, सेन्ट साइमन, रोवर्ट, वे प्रुधो, सिसमोण्डी आदि थिए । ऐतिहासिकता खोज्ने हो भने माक्र्सको वैज्ञानिक समाजवाद त्यसैको उपज हो जो पछि विकसित रुप भयो । हामीले इतिहासलाई खोज्ने हो भने माक्र्सको वैज्ञानिक समाजवाद सिद्धान्तपूर्व कुनै न कुनै रुपमा समाजवाद सित मिल्दा जुल्दा अवधारण देखा पर्दै आए । एथेनसमा इ.पू. पाँचौ शताब्दिमा पाइथागोरस जस्ता चिन्तकले “भित्रको स्वामित्व भएको वस्तु सबैको साझा हुन्छ” भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैताका क्रिटसजस्ता राज्यमासार्वजनिक जग्गा र सार्वजनिक खेतीको व्यवस्था पाइन्छ । शुरुमा यूनान भरी भूमीलाई सामूहिक सम्पत्ति मान्ने चलन थियो । विद्धान मक्सीका अनुसार पार्शयमी भगतमा प्लेटो समाजवादी र साम्यवादी विचारका प्रथम प्रेरणा श्रोत हुन् । उनले रिपब्लिकमा सबै समाजवादी र साम्यवादी श्रोत पहिल्याउन सकिन्छ भने । इ.पू.४२०–३४७ यताका नै सम्पत्ति र परिवार सम्बन्धी समाजवादी धारणा राखेका थिए । मध्ययूगिन विश्वमा भने समाजवादी चिन्तनसित विचारहरु त्यति पाइदैनन् तर पछिल्लो समय सर थोमस मुरे प्रष्ट विचारका साथ देखा पर्छन् । उनी सन् १५१६ मा प्रकाशित यूटोपियामा तत्कालिन ब्रिटेनको दरिद्रता र जनसंख्याको विरोधका रुपमा आदर्श समाजवादको कल्पना गर्न पुगे । मुरेको परिकल्पनामा सबै वस्तु माथि सबैको समाज अधिकार रहने कुराले उनलाई काल्पनिक समाजवादका संस्थापक भनिन्छ ।
अठारौं शताब्दीमा ब्रिटेन र जर्मन समाजवादी चिन्तकहरु देखा परे जसमध्ये ल्यास्ले अविन, फौरियर, मोरिस आदि मानिन्छन् । उनीहरुले समाजवादी चिन्तन परिकल्पना गरे समाजवादी धारणालाई कसरी व्यवहारिकता दिन सकिन्छ भनेर विश्लेषण गरेनन् । मुरेको यूटोपियन समाजवाद सरह नै कल्पनायुक्त धारणा सेन्ट साइमनले फ्रान्समा व्यक्त गरेको पाइन्छ । सन् १७६० मा जन्मिएका साइमनले राजनीतिकलाई उत्पादनको विज्ञान भनरे आफ्नो व्याख्या गरेका थिए । समाजमा उत्पादक र अनुत्पादक वर्ग बीच संघर्ष हुने र त्यस्तो संघर्षमा अन्ततः उत्पादक वर्गका विजय भई त्यसैबाट वर्ग विहिन समाज स्थापना हुने र पूँजीपति मासिएर जाने तर्फ अगाडी सारे । अर्को समाजवादी चिन्तक प्रुधोको विचारमा सम्पत्तिमा सामनता, श्रमिक संघको स्थापना, सार्वजनिक संघ संस्थाहरुको निर्माण, पूँजीको उचित व्यवस्थापन र वितरण, वर्गहिन समाजको स्थापनाले नै समाजवादीको स्थापना गर्न सकिनेमा जोड दिए । प्रुधोको विचारलाई अनुशरण गर्दै सिसमण्डी चिन्तन अगाडी आयो । जसलाई ९क्ष्कmयलमष्यल क्ययअष्बष्किm० सम्म भनियो । यो विचारले औद्योगिक विमालाई अगाडी बढाउन जोड दियो । आर्थिक र सामाजिक क्षेत्रमा राज्यको बढी भन्दा बढी हस्तक्षेप हुनुपर्ने र काम र विश्रामको अनिवार्य समय तोकिनु पर्नेमा जोड दियो । यसले भने बाल मजदुर निषेध गर्नुपर्ने तर्फ अगाडी सारे । समाजवादी विद्वान रोवर्ट ओमनले नयाँ खालको सोचलाई अगाडी सारे । उनको विचारमा दरिद्रता जस्तो अपराध र अन्याय अन्त गर्नु राज्यको अनिवार्य विषय बनाए । उनीले सहकार्य र सहकारी व्यवस्थाको कल्पना गरेर त्यसलाई व्यवहारमा उतार्न न्यू वर्गनिक गाउँमा इण्डियाना राज्यभित्र १५०० डलरमा १०,००० एकड जग्गा किनेर वस्ती बसाल्ने, उत्पादन गर्ने समाजवादी सोच प्रयोग गरेर संफलता पनि प्राप्त गरे ।
मानिसद्वारा मानिस माथि हुने शोषणको पूर्णतः अन्त गर्ने एउटा उन्नत राजनीतिक आर्थिक प्रणाली नै समाजवाद हो । समाजवाद यस्तो आर्थिक सामाजिक व्यवस्था हो । जहाँ देशमा सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतः राज्यमा निहित हुन्छ । स्वामित्व भन्नाले उत्पादनका साधन वस्तुको नियन्त्रण वितरण र व्यवस्थापन आदि पर्दछन् । सामाजिक स्वामित्व पनि विभिन्न प्रकारका हुन्छन् । जस्तैः साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा संचालिन स्वतन्त्र संस्थाहरु पर्दछन् । समाजवादी विद्वानहरुले यिनैमा टेकेर विविध तरिकाको व्याख्या गरेका छन् । समाजवादको पहिलो चिन्तन धारा यूटोनियन समाजवाद भन्ने गरेको पाइन्छ । पूर्वीय सभ्यताको ‘राम राज्य’ पाश्चत्य जगतमा ‘प्लेटोनिक साम्यवाद’ को अवधारणाले यस्तो समाजवाद चिन्तको प्रश्य दिएको पाइन्छ । आधुनिक यूरोपमा देखापरेको फवियन समाजवाद कैयौं विशेषताहरु यूरोपियन धारा सित मिल्छ । जुल्हा थिए । काल्पनिक समाजवादीहरु आध्यात्मिक कम्यून प्रणालीमा समेत विश्वास राख्थे, बौद्ध गुम्वा, चर्च, हिन्दु आश्रमको उद्देश्य नीजि सम्पत्ति विहिन जीवन प्रणालीको अभ्यास थियो । यूरोपेली पुन जागरण कालमा समाजवादी चिन्तनको भाव मिठा कल्पना, नैतिक उपदेश, मुद्रता आध्यात्मिक आदर्श, सादा जीवन पद्धति, गृहस्थ जीवन अविश्वासबाट यस्तो काल्पनिक समाजवादको चिन्तन बनेको थियो । प्रुधो, सेन्ट साइमन, चाल्स फुरियर र रर्वट ओवन थुप्रै यूरोपियली चिन्तकहरुले काल्पनिक समाजवादको अभ्यास गरेकोे पाइन्छ । उनीहरुले कल्पना गरेको समाजवादले पूँजीवादका खराबीहरु बारे तिखो आलोचना गरेको देखिन्छ । एउटा समतामूलक आर्थिक राजनीतिक प्रणालीको वकालत गरेका थिए । तर, त्यस्तो प्रणाली निर्माणको अपेक्षा समाजको उत्पादन पद्धतिको जग्गामा उभिएको थिएन । भावनात्मक दुष्टिले पूँजीपति र सर्वहारा वर्गबिच मेल गराएर आर्थिक अधिकारमा समानता ल्याउने उनीहरुको दृष्टिकोणको मूल मान्यता थियो । कतिपय यस्ता चिन्तकहरु प्नि थिए, जसले सर्वहारा वर्ग विनाको पूँजीवाद व्यवस्थाको कल्पना गर्दथे, त्यो सम्भव थिएन । काल्पनिक समाजवादीहरुले पूँजीवादी शोषणको राम्रो चिरफार गरेका थिए । त्यसको विकल्पमा वैज्ञानिक बाटो भने देखाउन सकेनन् । यद्यपि काल्पनिक समाजवादीले एउटा उन्नत राजनीति आर्थिक प्रणाली र त्यसको बाटो तय गर्न पूवधारको काम भने गरे ।
अन्तमा, पूँजीवादीको गर्भबाट समाजवादी समाजको जन्म हुने हो । त्यसैले संक्रमणको प्रराम्भिक चरणमा पूँजीवादको कैयौं गुणहरु बोकेको हुन्छ । यद्यपि ती गुणहरु उत्पादन पद्धतिको विकासका क्रममा पैदा भएका अनिवार्य तर अस्थायी गुणहरु हुन् । समाजवादको तिव्र विकासको प्रक्रियाले पूँजीवादका अवशेषहरु क्रमशः अन्त हुदै जान्छन् । समाजवादी व्यवस्थाले कसैलाई आर्थिक शोषण गर्दैन । तर पूँजीवादी व्यवस्था सत्तासीन पूँजीपति वर्ग समाजवादी व्यवस्थामा शासित वर्गका रुपमा रुपान्तरित हुन आवश्यक छ । समाजवादी व्यवस्था मेहनतकश श्रमजीवि वर्गको भएकोले त्यसको प्रतिनिधित्व गर्न त्यो आवश्यक हो । पूँजीवादी समाज वा सत्ता ध्वस्त वा निषेध हुन साथ साम्यवाद अचानक प्राप्त हुदैन, बरु पूँजीवादबाट साम्यवाद प्राप्तिको लागि संक्रमणकालरुपी समय पार गर्न अनिवार्य हुन्छ । संक्रमणकालको त्यो समय नै समाजवाद हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology