Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरा पर्यटन परिषदको अध्यक्षमा पहारी, अग्रज पर्यटन व्यवसायी पौडेल सम्मानित

पोखरा पर्यटन परिषदको अध्यक्षमा पहारी, अग्रज पर्यटन व्यवसायी पौडेल सम्मानित

images
  • पोखरा पर्यटन परिषदको अध्यक्षमा पहारी, अग्रज पर्यटन व्यवसायी पौडेल सम्मानित
    images

    राजेश पराजुली, पोखरा । पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ पहारी चयन भएका छन  । परिषदको आज पोखरामा सम्पन्न भएको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनबाट  पहारी आगामी दुई बर्षीय कार्यकालको लागि चयन भएको हुन ।

    images
    images
    images

    त्यसै गरी परिषदको हाल ६ जना सदस्य चयन भएको निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । परिषदको सदस्यमा हरि भुजेल, चौ बहादुर गुरुङ, बाबुराम पाण्डे, निम मगर, जीवन सापकोटा र नारायण सुवेदी चयन भएको परिषदले जनाएको छ । अन्य पदाधिकारी सहित थप ३ जना सदस्य अध्यक्षको तजविजमा चयन हुने भएको छ ।

    images
    images
    images

    यस अघि उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले गर्दै पोखरामा पर्यटनको बसाई अवधि लम्बाउन वाटर स्पोट्र्स सम्बन्धि गतिविधि गर्नुपर्नेमा जोड दिए ।

    images
    images

    उक्त अवसरमा पोखराका अग्रज पर्यटन व्यवसायी हरिप्रसाद पौडेललाई सम्मान गरिएको निवर्मान महासचिव संजयकान्त सिग्देलले बताए । होटल बाराही सहित नेपालको पर्यटन क्षेत्रमा विभिन्न ठाँउमा पर्यटन क्षेत्रमा लगानी गरी पर्यंटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको परिषदले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा पर्यटन परिषद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।