Logo

२०८३, श्रावण ३०गते


images
images

पाकिस्तानमा पोलियोका कारण बालिकाको मृत्यु

पाकिस्तानमा पोलियोका कारण बालिकाको मृत्यु

images
  • पाकिस्तानमा पोलियोका कारण बालिकाको मृत्यु
    सांकेतिक तस्वीर
    images
    images

    काठमाडौं । पोलियोका कारण पाकिस्तानमा एक बालिकाको मृत्यु भएको छ । विश्वका धेरै मुलुकबाट उन्मूलन भइसकेको पोलियो पाकिस्तान, अफगानिस्तान, नाइजेरियाजस्ता देशमा अझै पाइन्छ ।

    images
    images
    images

    पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित खारा जिल्लामा पोलियोका कारण २३ महिने बालिकाको मृत्यु भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

    images
    images
    images

    पछिल्लो समय बलोचिस्तानका ८ जिल्लामा पोलियो भाइरसको प्रकोप देखिएको छ । डनका अनुसार हालसम्म बलोचिस्तानमा १२ जनामा पोलियो देखिएको छ ।

    images
    images
    images

    पाकिस्तानको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले बालिकालाई उच्चज्वरो, पक्षघातजस्ता लक्षण देखिएको जनाएको छ । लक्षण देखिएपछि बालिकालाई केही दिनसम्म घरमै उपचार गरिएको र पछिमात्रै प्रान्तीय राजधानी क्वेटाको अस्पताल पु¥याइएको थियो । मृत्यु भएको भोलिपल्टमात्रै उनमा पोलियो रोग पुष्टिभएको डनले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।