Logo

२०८३, आश्विन १०गते


images
images

२४ खर्ब ७२ अर्ब नाघ्यो सार्वजनिक ऋण

२४ खर्ब ७२ अर्ब नाघ्यो सार्वजनिक ऋण

images
  • २४ खर्ब ७२ अर्ब नाघ्यो सार्वजनिक ऋण
    फाइल फोटो
    images
    images

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को साउन मसान्तसम्म सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । चालु आवको सुरुमा यस्तो ऋण दायित्व २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ थियो ।

    images
    images
    images

    चालु आवको पहिलो साउन मसान्तसम्म ४१ अर्ब ११ करोड ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । चालु आवको सुरुमा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्र ऋण दायित्व १२ खर्ब ५० अर्ब ४३ करोड रुपैयाँ थियो ।

    images
    images
    images

    साउन मसान्तसम्म आन्तरिक ऋण ४० अर्ब र बाह्य ऋण ३ अर्ब ५९ करोड २० लाख रुपैयाँ रहेको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको हो । तथ्याङ्कमा उल्लेख भएअनुसार साउन मसान्तसम्म सरकारले आन्तरिक र बाह्र ऋण दायित्वमध्ये १९ अर्ब २७ करोड ५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

    images
    images
    images

    सो अवधिमा बाह्रय ऋण दायित्वका कारण सिर्जना भएको विनिमय दरमा आएको परिवर्तनका कारण थप १६ अर्ब ७९ करोड १२ लाख रुपैयाँ नोक्सान वा थप दायित्व सिर्जना हुँदा साउन मसान्तसम्म ४१ अर्ब ११ करोड रुपैयाँ सार्वजनिक ऋण थप भएको देखिन्छ ।

    त्यस्तै; चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा साउन मसान्तसम्म ४३ अर्ब ५९ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । ऋण परिचालन गर्ने वार्षिक लक्ष्यको तुलनामा ७.९७ प्रतिशत ऋण प्राप्ती भएको कार्यालयले जनाएको छ ।

    चालु आर्थिक वर्षमा ४ खर्ब २ अर्ब रुपैयाँ ऋण सेवा खर्चमा बजेट विनियोजन गरेकोमा साउन मसान्तसम्म २३ अर्ब १८ करोड ९९ लाख भुक्तानी भएको छ ।

    वार्षिक रूपमा आन्तरिक ऋण साँवा र ब्याज भुक्तानी गर्न ३ खर्ब ३६ अर्ब ९५ करोड बजेट विनियोजनामा भएकोमा साउन मसान्तसम्म २० अर्ब ६० अर्ब रुपैयाँ भुक्तानी गरिएको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ बाह्रय ऋण भुक्तानी गर्न वार्षिक बजेट विनियोजन गरेकोमा साउन मसान्तसम्म २ अर्ब ५८ करोड ४५ लाख रुपैयाँ भुक्तानी गरिएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सार्वजनिक ऋण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।