देवदह । देवदह नगरपालिका वडा नं ९ मा फोहोर वर्गीकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा शनिबार वर्गीकरण सम्बन्धि सचेतना कार्यक्रम भएको हो ।
फोहोर व्यवस्थापनको लागि स्रोतमै फोहोरको वर्गीकरण गर्नु अत्यावश्यक रहेको उल्लेख गर्दै वडा अध्यक्ष मोहन जिसीले दिर्घकालसम्म फोहोर व्यवस्थापनको समस्या अन्त्य गर्न सबै जागरुक हुनुपर्ने बताए । "गत हप्ता वडाको भलुही क्षेत्रमा सचेतना कार्यक्रम गरियो, यो हप्ता घोडाहमा गरिएको सचेतना कार्यक्रम वडाका सबै टोलमा पुर्याउँछौं ।" वडा अध्यक्ष जिसिले भने ।
सचेतना अभियानमा घरघरमा पुगेर वडाका जनप्रतिनिधि र कर्मचारीले फोहोर वर्गीकरण गरेर देखाएका थिए ।
देवदह नगरपालिकाले फोहोर डम्पिङ्ग गरिरहेको बुद्ध सामुदायिक वन क्षेत्रमा फोहोर फाल्न वनले रोक लगाएपछि पछिल्लो एक महिनादेखि फोहोर संकलन गर्ने कार्य रोकिएको छ । फोहोरलाई स्रोतमै वर्गीकरण गर्ने र फोहोरको मात्रा घटाउने उपाय खोजिरहेको नगरपालिकाले वडा अध्यक्षसंगको समन्वयमा वडाहरूमा सचेतना अभियान संचालन गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology