देवदह । ब्राम्हण समाज नेपाल देवदह ९ वडा कार्य समितिको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा समितिका अध्यक्ष अनन्तराम भण्डारीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै वडाको ब्राम्हण समुदायका प्रत्येक घरमा एक सदस्यका हिसावले संगठन विस्तार गरिने अवधारणा प्रस्तुत गरे ।
नगरप्रमुख ध्रु्रवप्रसाद खरेलले प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिकाले सबै जातजाती, धर्म र समुदायको संरक्षण गर्नुपर्ने भएकाले त्यसप्रति नगर जिम्मेवार रहेको बताए ।
संस्थाका सचिव चोलाकान्त शर्मा पराजुली को स्वागत र जगनाथ अधिकारीको संचालनमा भएको कार्यक्रममा भलुही गौशालाका संचालक सोमराज जी महाराज, समाजका जिल्ला सचिब दिवाकर अधिकारी, जिल्ला सदस्य कमलकान्त पौडेल, नगर अध्यक्ष विष्णु अर्याल, विष्णु भट्टराई लगाएतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology