देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं ५ मा आयोजित तीज गीत प्रतियोगितामा न्यू लुम्बिनी बोर्डिङ स्कुल प्रथम भएको छ । वडा बाल संजालले आयोजना गरेको बाल समूहस्तरिय सचेतनामूलक तीज गीत प्रतियोगितामा न्यू लुम्बिनी बोर्डिङ स्कुलमा क्रियाशील न्यू लुम्बिनी बाल क्लब प्रथम भएको हो ।
प्रतियोगितामा परिवर्तन बाल सोंच समूह दोस्रो भएको छ भने देवदह पब्लिक आवासीय माध्यमिक विद्यालयमा गठित देवदह पब्लिक बाल क्लब तेस्रो भएको आयोजकले जनाएको छ ।
हरितालिका तीज र कुशें ओेेेैँशीको सन्दर्भ पारेर बाल सचेतनामुलक प्रतियोगिता गरिएको वडा बाल संजालका अध्यक्ष सिर्जना गैरेले जानकारी दिइन् ।
८ वटा समूहको सहभागिता रहेको प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने समूहलाई क्रमश: नगद ३ हजार, २ हजार र १ हजारसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको औपचारिक समारोहमा देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, नगर बाल संजाल देवदहका पुर्व अध्यक्षहरू बबिता भट्टराई र दिया न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको निर्णायकमा कलाकार तेजु अर्याल, अन्जु श्रेष्ठ र नविन मल्ल रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology