Logo

२०८३, आश्विन १०गते


images
images

एन्फा महिला लिग : आज चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने

एन्फा महिला लिग : आज चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने

images
  • एन्फा महिला लिग : आज चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने
    images
    images

    काठमाडौं । एन्फा राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश तथा एपीएफ र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

    images
    images
    images

    आज पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले खेल्नेछन् । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

    images
    images
    images

    चन्द्रपुरलाई एन्फाले सिधै लिग खेल्ने अवसर दिएको हो भने कर्णाली प्रदेश छनोट प्रतियोगिताबाट आएको हो ।

    images
    images
    images

    यस्तै, दोस्रो खेलमा एपीएफ र नेपाल पुलिस क्बलबीच प्रतिस्पर्धा हुनेछ । खेल अपराह्न सवा ४ बजे सोही मैदानमा हुनेछ ।

    लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब गरी १० टिम सहभागी छन् ।

    लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले एक–एक लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा महिला लिग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।