Logo

२०८३, श्रावण २७गते


images
images

बागलुङमा किसानहरू ओखर खेती तर्फ आकर्षित हुदै

बागलुङमा किसानहरू ओखर खेती तर्फ आकर्षित हुदै

images
  • बागलुङमा किसानहरू ओखर खेती तर्फ आकर्षित हुदै
    images
    images

    राजेश पराजुली, पोखरा । मानव स्वास्थ्यकाे लाभदायक दाँते आ‌ेखर आम उपभोक्ताकाे राेजाइमा परे संगै यसको ब्यापारमा बढेपछि किसानहरू आ‌ेखर खेती तर्फ आकर्षित हुदै गइरहेका छन् ।बागलुङका किसानले आ‌ेखर खेती बाट नगद आम्दानी गर्न थालेपछि व्यवसायी खेती गर्ने क्रम बढेर जान थालेको छ ।

    images
    images
    images

    एक हजार मिटर देखि दुई हजार दुई सय मिटरको उचाईमा ओखर खेती हुने गर्दछ । हाडेओर छिटो उत्पादन नहुने र आम्दानी पनि लिन नसकिने भएपछि किसानले यतिबेला दाते ओखर प्रति आर्कषित बनेका छन । किसानको मागलाई मध्यनजर गर्दै प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बागलुङले दाते ओखरका बिरुवा वितरण गर्दै आएको छ ।

    images
    images
    images

    किसानलाई प्रत्साहन र उत्पादनमा बृद्धि गर्न चक्दाबन्दी कार्यक्रम अन्तर्गत बिरुवाहरु उत्पादन गरि व्यवसायी खेती गर्न थालिएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्रमुख नारायण पौडेलले बताए । पुरानो जातको ओखर छाडेर नया जातको ओखर लगाउने गरि समुह सहकारी र फर्म मार्फत दाते ओखर लगाउन सुरु गरिएको छ ।

    images
    images
    images

    जिल्लामा ८० हेक्टर जमिनमा पुरानै जातको ओखरखेती किसानले गरेपनि अहिले १० हेक्टर क्षेत्रफलमा दाते खोर बिस्तार गरिएको कृषि ज्ञान केन्द्रका सुचना अधिकृत कुमाल पुनले बताए ।

    अहिले काठेखोला,बागलुङ नगरपालिका ,तमानखोला , निसीखोला,बरेङ र जैमिनी नगरपालिकाका लेकाली भेगहरुमा ओखर खेती गरिदै आईएको छ । यसरी व्यवसायी रुपमा चक्ताबन्दी रुपमा खेती गर्ने किसानहरुलाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले रु १० लाख रुपैया सम्म अनुदान दिदै आएको छ ।

    कृषि ज्ञान केन्द्र र स्थानीय तहले व्यक्तिगत तथा सामुहिक रुपमा ओखर खेती गर्दै आएका किसानलाई दुई हजार बिरुवा सम्म अनुदानका साथै प्राविधिक सहयोगका गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # ओखर खेती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।