Logo

२०८३, कार्तिक २८गते


images
images

संविधानबाट समावेशिता हटाउने कुरा सोच्न पनि सकिन्न : महत

संविधानबाट समावेशिता हटाउने कुरा सोच्न पनि सकिन्न : महत

images
  • संविधानबाट समावेशिता हटाउने कुरा सोच्न पनि सकिन्न : महत
    images

    विराटनगर । नेपाली कांग्रेसका नेता तथा पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेकै निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने ठोकुवा गरेका छन् ।

    images
    images
    images

    मङ्गलबार कोशी प्रदेशको राजधानी विराटनगरमा बीपी चिन्तन प्रतिष्ठान कोशी प्रदेश समितिले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै प्रवक्ता महतले अहिले बनेको कांग्रेस–एमाले गठबन्धनले जनतालाई आशा जगाएको जिकिर गरे।

    images
    images
    images

    उनले संविधान संशोधन गर्दा संविधानबाट समावेशिता हटाउन खोजेको भन्ने कुरा गलत भएको र नेपाली कांग्रेस समावेशिताको पक्षमा लड्दै आएको पार्टी भएको स्पष्ट पारे । उनले कांग्रेसले संविधानबाट समावेशितालाई हटाउने कुरा सोच्न समेत नसक्ने बताए।

    images
    images

    उनले भने, ‘समानुपातिक निर्वाचन प्रणाली हटाएर पनि समावेशिता सुनिश्चित गर्न सकिन्छ, विश्वका थुप्रै देशमा यस्तो प्रणाली अभ्यासमा छन्, अब हामीले पनि यो विकल्प सोच्नु पर्ने बेला भयो।’

    प्रवक्ता महतले संविधान संशोधनको विषयमा अन्योन्य र गलत भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै त्यतातिर सचेत रहन पनि सबैलाई आग्रह गरे।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाश शरण महत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।