Logo

२०८३, कार्तिक २८गते


images
images

'संसदमा प्रत्यक्ष सिटमा महिलाको पहुचँ बढाउन आवश्यक'

'संसदमा प्रत्यक्ष सिटमा महिलाको पहुचँ बढाउन आवश्यक'

images
  • 'संसदमा प्रत्यक्ष सिटमा महिलाको पहुचँ बढाउन आवश्यक'
    images

    कमला अर्याल, लुम्बिनी । संसदमा समानुपातिक भन्दा पनि प्रत्यक्ष सिटमा महिलाको पहुचँ बढाउन आवश्यक रहेको लुम्बिनी प्रदेशमा सभामुख माननिय तुलाराम घर्तिले बताएका छन । 

    images
    images
    images

    उनले राजनिति, आर्थिक क्षेत्रमा फड्को मार्न आक्रमक तरिकाले आउन आवश्यक रहेको बताए । पुरुष नेतृत्व प्रति विश्वास राख्ने जमात बढी भएकाले पनि महिलाले अवसर पाउन नसकेको सभामुख घर्तिले उल्लेख गरे । उनले महिलाले महिलाको नेतृत्व स्वीकार गर्ने परिपार्टी बसाल्नु पर्ने भन्र्दै हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउनु पर्नेमा आग्रह गरे ।
     
    मिडिया एड्भोकेसी गु्रपले बुटवलमा आयोजना गरेको राजनितिक रिर्पोटिङ्खका विधि र अभ्यासबारे महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन सत्रमा बोल्दै उनले उक्त कुरा बताएका हुन ।

    images
    images
    images

     सभामुख घर्तिले महिलाले नेतृत्व गरेको ठाउमा भ्रष्टचार नहुने उल्लेख गरे । पुरुषले भन्दा महिलाले आफ्नो जिम्मेवार कुशलता पूर्वक सम्पन्न गर्ने भन्दै महिलाले दिनरात गरेर भएपनि आफ्नो काम र कर्तव्य पूरा गर्ने जिकीर गरे । 
    उनले पूरुषमा अझै पनि शासकीय मनोवृत्ति बढी भएको भन्दै दुःख व्यक्त गरे ।  उनले पत्रकारले  लैङ्खिक समानताका कुरालाई जोड दिन आवश्यक रहेको उल्लेख गरे ।
     
    त्यस्तै गरि बुटवल उपमहानगरका नगर उपप्रमुख सावित्रादेवी अर्यालले आर्थिक पक्ष बलियो नभएसम्म महिला राजनितिमा अगाडी बढ्न नसक्ने बताइन । उनले महिलाले गरेको राम्रो काम कसैले देख्न नसकिने भन्दै पितृसत्तात्मक सोचबाट माथि उठ्न आवश्यक भएको उल्लेख गरिन् । 

    images
    images

    राजनितिमा धैर्यताका साथ अगाडी बढ्नु पर्ने भन्दै निरन्तर सकरात्मक काममा लाग्नुपर्ने बताइन् । बुटवल उपमहानगरले महिलालाई आर्थिक पक्षमा बलियो बनाउन बत्ति काट्ने देखि लिएर  उद्योग सञ्चालन गर्न सक्ने र आयआर्जनको पक्षमा जोडिने वातावरण सृजना गर्न आवश्यकता अनुसारको तालिम सञ्चालन गरिरहेको उपमेयरले जानकारी दिएकी थिइन् । 
     
    त्यस्तै गरि तालिमका प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष महेन्द्र विष्ठले पत्रकारिता छाडेपछि पनि समाजमा छाप छाडेर जान सक्ने खालका काम गर्न आग्रह समेत गरेका थिए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, राष्ट्रिय समाचार समितिका प्रदेश प्रमुख भरत केसी, सभामुखका प्रेस सल्लाहकार रुद्रहरि कुवर लगाएतको उपस्थिती रहेको थियो । 
    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अन्मोलको सञ्चालन र मिडिया एड्भोकेसी गु्रपका संस्थापक अध्यक्ष बबिता बस्नेतको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभामुख तुलाराम घर्ति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।