Logo

२०८३, श्रावण ३०गते


images
images

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

images
  • आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
    images
    images

     

    images
    images
    images

    काठमाडौं -जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम हुँदै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    images
    images
    images

    मनसुनको न्युनचापीय रेखा नेपालको तराई भू–भागको नजिक रहेकोले आज देशका धेरै ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाले जनाएको छ ।

    images
    images
    images

    हाल देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश १,२, बागमती  र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । धेरै स्थानहरूमा मेघ गर्जन सहित हल्कादेखि मध्यम र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केहि ठाँउमा भारि वर्र्षाको सम्भावना रहेको महाशाले जनाएको छ ।

    आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

    प्रदेश १,२, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु  हुन महाशाखाले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुमन महतारा
  • # माैसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।