Logo

२०८३, श्रावण ३०गते


images
images

'लोकतन्त्र र संविधान विरोधी हकर्त गर्ने युगको अन्त्य भयो' : मुख्यमन्त्री केसी

'लोकतन्त्र र संविधान विरोधी हकर्त गर्ने युगको अन्त्य भयो' : मुख्यमन्त्री केसी

images
  • 'लोकतन्त्र र संविधान विरोधी हकर्त गर्ने युगको अन्त्य भयो' : मुख्यमन्त्री केसी
    images
    images

    नवलपरासी । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अलोकतान्त्रीक, संविधान विरोधी हर्कत गर्ने र दम्भ देखाउने युगको समाप्त भएको बताएका छन्  । प्रेस संगठन नेपाल पश्चिम नवलपरासीले आयोजना गरेको पत्रकार  सम्मेलनमा बोल्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् । 

    images
    images
    images

    कसैले बार्दलीबाट गरेको हाँक अनुसार सरकार नचल्ने बताँउदै  नेकपा एमालले अहिलेको सरकार गैर कानुनी भएको भन्दै गरेको टिप्पणी तर्फ संकेत गरे । "जसले असंबैधानिक, अलोकतान्त्रीक ढंगले सरकार संचालन गरे उनीहरुले नै कानुन सिकाउनु हांस्यास्पद भएका हो" - केसीले भने ।

    images
    images
    images


    एमाले आफैले साढे ३ बर्ष सरकारको नेतृत्व गर्दा संघियता कार्यान्वयन तर्फ ध्यान नदिएर प्रतिगमन तर्फ केन्द्रित भएको भन्दै  केसीले अहिलेको सरकार पुर्ण रुपमा संविधानको मर्म अनुसार संचालन हुने बताए । प्रदेश सरकारको पहिलो प्राथमिकतामा कोरोना विरुद्धको खोप नागरिकलाई उपलब्ध गराउने र संभावित तेश्रो भेरियन्टलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार सहित तयारी गरिएको उनको भनाइ छ ।

    images
    images
    images


    अघिल्लो सरकारले अध्यायदेश मार्फत ल्याएको बजेट फिर्ता गरी नयाँ बजेट ल्याईने र संघियताको मर्म अनुसार सरकारी संरचनामा समेत केही परिवर्तन हुने उनले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।