Logo

२०८३, कार्तिक २८गते


images
images

सप्ताहव्यापी कार्यक्रम गर्दै सकियो देवदह जेसीज सप्ताह

सप्ताहव्यापी कार्यक्रम गर्दै सकियो देवदह जेसीज सप्ताह

images
  • सप्ताहव्यापी कार्यक्रम गर्दै सकियो देवदह जेसीज सप्ताह
    images

    देवदह । देवदह जेसीजको सप्ताहव्यापी कार्यक्रम शनिबार समापन भएको छ । सप्ताहव्यापी कार्यक्रममा विजेतालाई पुरस्कार वितरणसहित एक कार्यक्रमबीच शनिबार देवदह जेसीज सप्ताहको समापन गरियो ।

    images
    images
    images

    समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले देवदह जेसीजले पृथक र युवा लक्षित कार्यक्रमहरु संचालन गरिरहेको बताए ।  युवाको नेतृत्व र क्षमता विकास गर्ने कार्यलाई निरन्तरता दिन उनले आग्रह गरे ।

    images
    images
    images

    "युवाहरू अब आत्मनिर्भर बन्न उत्पादनमूलक र व्यवसायीक क्षेत्रमा जोडिन आवश्यक छ ।" उनले भने, "समाज रुपान्तरणका लागि सृजनशील कार्यक्रमलाई निरन्तरता दिन सके भोलिको युवा पिंढी थप दक्ष र सृजनशील बन्नेछन् ।"

    images
    images

    कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दीप अग्रहरी, देवदह जेसीजका संस्थापक अध्यक्ष विजय गुरुङ, बुटवल जेसीजका अध्यक्ष विनोद घिमिरे लगायतले बोलेका थिए ।  

    कार्यक्रममा अन्तर विद्यालय स्तरीय बक्तित्वकला प्रतियोगितामा प्रथम हुन सफल सगरमाथा आवासीय माविका शिक्षा पौडेल, द्वितीय हुन सफल देवदह माविका निस्तिका परियार र तृतीय हुन सफल सेभेन स्टार बोर्डिङ स्कुलका दिपा दर्लामीलाई क्रमशः ७ हजार २४, ५ हजार २४ र २ हजार २४ रुपैयाँ नगद, मेडल, शिल्ड र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । 
     
    त्यस्तै अन्तर शाखा व्याडमिन्टन प्रतियोगितामा प्रथम हुन सफल देवदह जेसीज र द्वितीय हुन सफल सुनवल जेसीजका खेलाडीहरुलाई मेडल र शिल्डद्वारा पुरस्कृत गरिएको थियो । 

    सप्ताह व्यापी कार्यक्रम अन्तर्गत भदौ १५ गते उद्घाटनसङ्गै संसदीय बैठक प्रणाली तालिम, १६ गते तीज विशेष कार्यक्रम, १७ गते बाबा बगैंचा सरसफाई कार्यक्रम, १८ गते बक्तित्वकला प्रतियोगिता, १९ गते मोटिभेसनल टेनिङ्ग, २० गते 'एस' ट्रेनिङ्ग, २२ गते अन्तर शाखा व्याडमिन्टन प्रतियोगिता र पुरस्कार वितरणसहित कार्यक्रमको समापन गरिएको हो । 

    समापन समारोह संस्थाका अध्यक्ष आनन्द पराजुलीको अध्यक्षता, उपाध्यक्ष कमला अर्यालको स्वागत र महासचिव चित्रबहादुर आलेको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।