Logo

२०८३, आश्विन १०गते


images
images

३ बुँदे माग राख्दै बाढि पिडितले सिडियाेलाई बुझाए ज्ञापनपत्र 

३ बुँदे माग राख्दै बाढि पिडितले सिडियाेलाई बुझाए ज्ञापनपत्र 

images
  • सेतोमसी सहकर्मी
  • ३ बुँदे माग राख्दै बाढि पिडितले सिडियाेलाई बुझाए ज्ञापनपत्र 
    images
    images

    नन्दु यादव, पश्चिम नवलपरासी । बिगत ६० बर्ष देखि बाढिबाट पडित आम जनताले आज जिल्ला प्रशासन कार्यमलय पश्चिम नवलपरासीमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत ३ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन । 

    images
    images
    images


    लामाे समय देखि बाढिकाे चपेटामा परि कतिपय आमनागरिकको ज्यानसमेत गईरहदा अहिलेसम्म कुनै पनि राजनितिक दल संघसंस्थाले समाधानका लागि कुनै किसिमकाे चासाे नदिएकाेले अब वारपारकाे लडाई  लड्ने बताएका छन । बाढि नियन्त्रण समन्वय समिति नवलपरासी काे आयाेजना तथा युवासमाज नवलपरासीकाे सहयाेगमा गएका हजाराै बाढिपिडिले माग सम्बाेधन गर्न माग गरेका थिए । 

    images
    images
    images

    परासीकाे बाईपास देखि सुरुभएकाे बाढिपिडितकाे र्याली बुद्धचाेक परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाई  काेणसभा सम्पन्न गरिएकाे बाढि नियन्त्रण समन्वय समिति नवलपरासीका अध्यक्ष रज्जब अलिले जानकारी दिनु भयाे ।

    images
    images
    images


    बाढि नियन्त्रणका उपायहरु तत्काल अवलम्बन गर्नुपर्ने, बाढिपिडितले लिएकाे बैकबाट ऋण, ब्याज र कर मिनाहा हुनुपर्ने र नस्ट बालिनालिहरुकाे क्षतिपूर्ति दिनुपर्ने माग सहित ज्ञापनपत्र बुझाईएकाे अध्यक्ष अलिले बताउनु भयाे ।


    उता अबकाे केही दिनमा माग पूरा नभए प्रदेश सरकारमा ज्ञापनपत्रबुझाउने र माग पूरा गराई मात्र घर फर्किने युवा समाज नवलपरासीका अध्यक्ष धर्मेन्द्र गिरिले बताए । हामी अब प्रदेश सरकारका मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाई समाधानकाे उपाय निकाल्न मुख्यमन्त्री लाई दवाब स्वरुप अनसन समेत बस्ने तयारि गरेकाे  गिरि बताउनु भयाे। जबसम्म माग पूरा हुदैन तब सम्म प्रदेशमा अनसन जारि राख्ने गिरिले बताउनु भयाे  ।


    कार्यक्रममा सरावल गाउँपालिकाका वडा नं. ७ का वडाअध्यक्ष हेयात खान धुनिया, समाजसेवी रामभवन यादव, दिपक क्षेत्री, केदार कुशवाहा लगायतले बाढिपिडितकाे माग तत्काल सम्बाेधन गरिनुपर्ने कुरामा जाेड दिनुभयाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।