Logo

२०८३, श्रावण २७गते


images
images

नवलपरासी प्रहरीद्वारा ६३ लाख मुल्य बराबरको अबैध चिनी बरामद

नवलपरासी प्रहरीद्वारा ६३ लाख मुल्य बराबरको अबैध चिनी बरामद

images
  • सेतोमसी सहकर्मी
  • नवलपरासी प्रहरीद्वारा ६३ लाख मुल्य बराबरको अबैध चिनी बरामद
    images
    images

    नवलपरासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वार्ड नं ८ लोसहडा स्थित धर्मेन्द्र यादवको पाल्हि एग्रो फार्म प्रा.लि. (कुखुरा फर्म) मा ठूलो परिमाणमा अबैध चिनी लुकाई छिपाई राखेको ६३ लाख मुल्य बराबरको चिनी बरामद भएको छ। 

    images
    images
    images

    बिशेष सूचनाको आधारमा राजश्व अनुसन्धान कार्यालय बुटवलबाट राजश्व अनुसन्धान अधिकृत, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप) बाट प्रहरी निरीक्षक र शशस्त्र प्रहरी बल २६ नम्बर गण हे.क. नवलपरासी (ब.सु.प.) बाट स.प्र.नि. को संयुक्त टोलीले उक्त एग्रो फार्ममा छापा मारी अं रु ६३ लाख ११ हजार २ सय ५० मुल्य बराबरको १६८३ बोरा (८४१.५ क्वीन्टल)  चिनी बरामद गरि आवश्यक कारवाहिको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए ।

    images
    images
    images

    नवलपरासीको सीमा क्षेत्रबाट हुने चोरी निकासी अबैध तस्कारी नियन्त्रण कार्यमा उदासिनता देखाएको भन्दै गृहमन्त्रलयले कडाई आदेश दिएअनुसार  जिल्ला प्रहरी कार्यालय नवलपरासी कडाई गरेको छ। 

    images
    images
    images

    सीमा नाकाबाट सबैभन्दा बढी चिनी, कपडालगायतका सामाग्रीको तस्करी हुँदै आए पनि प्रहरी मौन रहेको आरोप लाग्दै आएपछि पनि  चोरी निकासी नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई प्रहरी हेडक्वाटरले केही दिनअघि तानेसँगै सीमा नाकाका इन्चार्जलाई पनि तानिएको जिल्लास्थित प्रहरी स्रोतले जनाएको छ ।

    तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्ती अभियन सुरु गरेसंगै हप्ता नवितदै १ करोड बराबरको चिनी, कपडा  लागयतका समान भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको सुचना अधिकारी भाेजराज पाण्डेयले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।