Logo

२०८३, आश्विन ११गते


images
images

पोखराका १० विद्यालयमा चाइनिज भाषा पढाइने

पोखराका १० विद्यालयमा चाइनिज भाषा पढाइने

images
  • पोखराका १० विद्यालयमा चाइनिज भाषा पढाइने
    images
    images

    राजेश पराजुली पोखरा । पोखराका १० वटा सामुदायिक विद्यालयमा निःशुल्क चाइनिज भाषाका कक्षा सञ्चालन गर्ने सम्बन्धमा चिनियाँ दूतावास र पोखरा महानगरपालिका बीच सम्झौता भएको छ ।

    images
    images
    images

    अङ्ग्रेजी भाषालाई माध्यम भाषा बनाएर पहिलो चरणमा एक वर्षसम्म १० वटा विद्यालयमा चाइनिज भाषाका थप (अतिरिक्त) कक्षा सञ्चालन हुनेछन् । जसका लागि १० जना भोलेन्टियर चाइनिज शिक्षक पोखरा आइपुगेका छन् ।

    images
    images
    images

    सम्झौता अनुसार पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेम्जा, बिष्णुपादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अर्घाैँ र जनप्रिय माध्यमिक विद्यालय, सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा यही भाद्र २७ गतेदेखि निःशुल्क चाइनिज भाषाको कक्षा सञ्चालन हुनेछ । यसले विद्यार्थीको भाषागत ज्ञानमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

    images
    images
    images

    भूमण्डलीकरणको पछिल्लो परिवेशमा अध्ययन, अवलोकन र पर्यटनलगायतका विभिन्न व्यवसायिक क्षेत्रमा भाषागत ज्ञानको निपूर्णताले व्यक्तिगत सबलीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । क्रमशः यसलाई विस्तार गर्दै लैजाने योजनामा महानगरपालिका छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा
  • # चाइनिज भाषा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।