Logo

२०८३, श्रावण ३१गते


images
images

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १६ सिरिज

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १६ सिरिज

images
  • एप्पलले सार्वजनिक गर्‍यो आईफोन १६ सिरिज
    images
    images

    काठमाडौं । विश्व टेक जायन्ट कम्पनी एप्पलले बहुप्रतिक्षित आइफोन सिरिज- १६ सार्वजनिक गरेको छ ।

    images
    images
    images

    ‘इट्स ग्लो टाइम’ नामक इभेन्ट आयोजना गर्दै एप्पलले आईफोन-१६, आईफोन -१६ प्लस, आईफोन-१६ प्रो र आईफोन-१६ प्रो म्याक्स गरी आईफोन सिरिजका चारवटा भेरियन्ट सार्वजनिक गरेको हो ।

    images
    images
    images

    कम्पनीका अनुसार आईफोन-१६ सिरिज जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्समा आधारित रहेर बनाइएको हुनाले यसले एप्पल लाई प्राविधिक दौडमा पूर्ण एक पटक अब्बल साबित गरेको छ भने यस प्रविधिको कारण आईफोनको विक्री वितरण पनि बढ्ने आशा गरिएको छ ।

    images
    images
    images

    यस अघिको मोडलमा प्रयोगकर्तालाई डाइगनल क्यामेरा सेटअप प्रदान गर्दै आएको एप्पलले, आईफोन-१६ मा भर्टिकल लेआउट क्यामरा सेटअप प्रदान गरेको छ ।

    यसले प्रयोगकर्तालाई ‘स्प्याटिअल भिडिओ’ को राम्रो अनुभूति दिने अपेक्षा गरिएको छ । ‘स्प्याटिअल’ भिडिओलाई सामान्यतया थ्रिडी अनुभव सहितको थप अन्तरक्रियात्मक भिडिओ फर्म्याट भनेर बुझ्न सकिन्छ ।

    आईफोन १६ प्रो र प्रो म्याक्स भेरियन्टमा विशेष गरी रियर क्यामेरा, डिजाइन, चिपसेट, एआई क्षमता, ब्याट्री लाइफ र डिस्प्ले साइजमा महत्त्वपूर्ण सुधारहरू गरिएको हुनाले यी भरियन्टको मूल्य अन्य भेरियन्ट भन्दा बढी रहने अनुमान गरिएको छ ।

    विशेष इभेन्टका बिच आईफोन-१६ सिरिजको सार्वजनिक गरेको एप्पललेनै सुरु गरेको एक पोलमा भने अधिकांशले आईफोन-१६ मा अपग्रेड नहुने प्रतिक्रिया दिएका छन् ।

    पोलका अनुसार ८.४ प्रतिशत प्रयोगकर्ताले आइफोन १६ वा १६ प्लसमा चाहना व्यक्त गरेका छन् भने ४१.१ प्रो अथवा प्रो म्याक्समा अपग्रेड गर्ने बताएका छन् तर अधिकांश ५०.६ प्रतिशतले अहिलेको फोनलाई नै चलाउने अपग्रेड नगर्ने बताएका छन् ।

    अन्तर्राष्ट्रिय बजारमा आईफोन-१६ सिरिजको प्री-बुकिङ सेप्टेम्बर १३ बाट खुला हुने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एप्पल
  • # आईफोन १६ सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।