देवदह । रुपन्देहीको देवदहमा मंगलबार डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम भएको छ । 'सुरक्षित रहौं, रोकथाम गरौं, नियन्त्रण गरौं' भन्ने नारा सहित गरिएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल अधिकृत केदारनाथ शाहले डेंगी रोग र यसको नियन्त्रणका उपायबारे जानकारी गराए ।
उनले डेंगी रोग देशका अधिकांश जिल्लामा देखा परेको र तराईका जिल्ला तुलनात्मक रुपमा डेंगीको बढि जोखिममा रहकेको उनले बताए ।
२०६७÷ ०६८ सालबाट सुरु भएको डेंगी रोग हरेक बर्ष असारबाट कार्तिक महिना सम्म बढी देखिने भएकाले यसको जोखिम कम गर्न एक दुई बर्ष बिराएर डेंगु खोज र नष्ट गर अभियान संचालन गरिने उनले उल्लेख गरे । सफा पानी जम्ने स्थानमा डेंगी ग्रस्त मच्छर बढी हुने भएकाले त्यस्ता स्थानमा पानी जम्ने सामग्रिहरु भए हठटाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काँशीनाथ बञ्जाडेले डेंगी नियन्त्रणका लागि आजबाट औपचारीक रुपमा अभियान सुरु भएको बताए । उनले नगर अस्पतालको रेकर्ड अनुसार देवदहमा हालसम्म ५ जनामा डेंगी रोगको समस्या देखिएको जानकारी गराउँदै यस बाहेक देवदह मेडिकल कलेज तथा अन्य प्राईभेट स्वास्थ्य संस्थाहरुसंग तथ्याङ्क मागिएको बताए ।
बञ्जाडेका अनुसार जनप्रतिनिधि र टोल विकास संस्थाहरुको सहयोगमा देवदहका सबै वडा र टोल सम्म पुगेर खोज र नष्ट गर अभियान संचालन गरिने छ ।
यसैगरी नगरपालिकाको हकमा हरेक दिन बिहान १० बजे १० मिनेट कार्यालय परिषर सरसफाई गर्ने कार्यक्रम तय भएको समेत उनले बताए । उज्यालोको समयमा टोक्ने मच्छरका कारण डेंगु हुने भएकाले बिहान, दिउसो र साँझ बाहिर निस्कदा लामो कपडा लगाउनुपर्ने समेत उनले सुझाए ।
देवदह नगरमा रहेका स्वास्थ्यसंग सम्बन्धित संघसंस्थाका प्रमुख, प्रतिनिधि तथा बिभिन्न व्यापारीक संस्थाहरुको उपस्थितीमा गरिएको कार्यक्रम कार्यबाहक नगर प्रमुख बिद्यालक्ष्मी गुरुङ्गको अध्यक्षता र स्वास्थ्य शाखाका नर्सिङ्क अधिकृत माया पुनको संचालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology