Logo

२०८३, आश्विन ११गते


images
images

डेंगी नियन्त्रण गर्न देवदहका टोलटोलमा अभियान

डेंगी नियन्त्रण गर्न देवदहका टोलटोलमा अभियान

images
  • डेंगी नियन्त्रण गर्न देवदहका टोलटोलमा अभियान
    images
    images

    देवदह  । देवदह नगरपालिकाको वडा नं ७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र शितलनगरले टोलटोलमा डेंगी विरुद्धको अभियान संचालन गर्ने भएको छ । बिहिबार वडा कार्यालयमा टोलविकास संस्थाका अध्यक्षसहितको भेलाले टोलटोलमा अभियान संचालन गर्ने निर्णय गरेको केन्द्रका प्रमुख हेमलाल कुँवरले जानकारी दिए ।

    images
    images
    images

    "नगरपालिकाले डेंगी नियन्त्रण अभियान संचालन गरिरहेको अवस्थामा वडामा पनि शुक्रबारदेखि टोलटोलमा लार्भा खोज र नष्ट गर अभियान संचालन गर्ने निर्णय भएको छ ।" प्रमुख कुँवरले भने, "पहिलो चरणमा २१ वटै टोल विकास संस्थाका सदस्यहरूसंग छलफल गर्ने र त्यसपश्चात निरन्तर रूपमा टोलहरूले अभियान संचालन गर्नेछन् ।" 

    images
    images
    images

    भेलामा टोलविकास संस्थाका अध्यक्षलाई डेंगी रोगबारे प्रशिक्षित गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा सदस्यहरू, नागरिक आरोग्य केन्द्र भलुहीका प्रमुख डा अभिषेक पौडेल लगायतको उपस्थिति रहेको थियो । 
     
    २०६७÷ ०६८ सालबाट सुरु भएको डेंगी रोग हरेक बर्ष असारबाट कार्तिक महिनासम्म बढी देखिने भएकाले यसको जोखिम कम गर्न एक-दुई बर्ष बिराएर डेंगु खोज र नष्ट गर अभियान संचालन गरिदै आएको छ । सफा पानी जम्ने स्थानमा डेंगीग्रस्त मच्छर बढी हुने भएकाले त्यस्ता स्थानमा पानी जम्ने सामग्री भए  हटाउने र लार्भासमेत नष्ट गर्ने गरिन्छ । 

    images
    images
    images

    देवदह नगर अस्पतालको रेकर्ड अनुसार देवदहमा हालसम्म ५ जनामा डेंगी रोगको समस्या देखिएको छ ।  देवदह मेडिकल कलेज तथा अन्य प्राईभेट स्वास्थ्य संस्थाहरुसंग पनि तथ्याङ्क मागिएको नगरस्वास्थ्य शाखाले जनाएको छ । 

    डेंगी नियन्त्रणका लागि देवदह नगरपालिकाको हकमा हरेक दिन बिहान १० बजे १० मिनेट कार्यालय परिषर सरसफाई गर्ने कार्यक्रम तय गरेको छ भने बिहान, दिउसो र साँझ बाहिर निस्कदा लामो कपडा अनुरोध गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।