Logo

२०८३, आश्विन १०गते


images
images

नवलपरासीमा चरेस सहित भारतिय नागरिक पक्राउ

नवलपरासीमा चरेस सहित भारतिय नागरिक पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • नवलपरासीमा चरेस सहित भारतिय नागरिक पक्राउ
    प्रतिकात्मक तस्बिर
    images
    images

    सहबान अन्सारी, नवलपरासी । नवलपरासीमा १० किलो चरेस ( लागुऔषध) सहित १ जना भारतिय नागरीक पक्राउ परेका छन।


    बिहिवार नेपाल भारत सिमाना नजिकै प्रतापपुर गाँउपालिका वडा नं. ४ बर्दघाटेमा पैदलयात्री भारत उत्तर प्रदेश जिल्ला महाराजगंज थाना बर्गदवा ग्राम भगतपुरवा बस्ने ३७ बर्षिय राजेश यादवलाई शंका लागि चेकजाँच गर्ने क्रममा प्रहरी चौकी पाचफेडाबाट खटिएको प्रहरी टोलीले  पक्राउ गरेको हो ।


    पक्राउ परेका यादवको साथमा रहेको कालो रंगको भिर्ने झोला भित्र पत्रिका र टेपले बेरेको ईट्टा आकारको २६ प्याकेट अन्दाजी १० किलो  चरेस (लागुऔषध) फेला परेको हो ।


    फेला परेको चरेस सहित यादवलाई पक्राउ गरी लागुऔषध मुद्धामा आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।