Logo

२०८३, आश्विन ११गते


images
images

पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारका नाममा दर्ता

पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारका नाममा दर्ता

images
  • पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारका नाममा दर्ता
    images
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्की जिल्लाको पोखरा बजार क्षेत्र भित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ।

    images
    images
    images

    गएको भदौ १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले कास्की जिल्लाका मालपोत र नापी कार्यालय प्रमुखसँगको छलफलमा अतिक्रमित जग्गाको सरकारको नाममा ल्याउन निर्देशन दिएका थिए।

    images
    images
    images

    मन्त्रीको निर्देशन पछि सबै कानुनी आधार पुरा गरेर अतिक्रमित जग्गा सरकारको नाममा ल्याएको कास्की मालपोत प्रमुख रामचन्द्र अधिकारीले बताए।

    images
    images
    images

    उनका अनुसार ब्यक्तिको नाममा दर्ता भएका, लामो समयसम्म कानुनीरुपमा सरकारको नाममा आउन नसकेका, हदबन्दी भन्दा बढी भएको छानबिनबाट प्राप्त र व्यक्तिले उपभोग गरेका सार्वजनिक, सरकारी प्रकृतिका जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याइएको हो।

    पोखरा वडा नं १ मा पि।एन। क्याम्पससँग साँध सिमाना जोडिएको २२२ रोपनी १२ आना २ पैसा १ दाम, पोखरा महानगरपालिकाको वडा नं १ कै २५ रोपनी ८ आना २ पैसा, छिनेडाँडा वडा नं ६ को साविक क्षेत्रबहादुर रानाभाटको नाममा दर्ता भएको ३६ रोपनी १४ आना १ पैसा क्षेत्रफलको जग्गा, कास्की धिताल वडा नं ७ मा रहेको हदबन्दी छानबिनबाट प्राप्त भएको ६ रोपनी ११ आना ३ पैसा क्षेत्रफलको जग्गा र कास्कीको ढिकुरपोखरी वडा नं ५ को ९७ रोपनी ४ आना ३ पैसा १ दाम क्षेत्रफर रहेको जग्गा नेपाल सरकारको नाममा आएको कास्की मालपोत प्रमुख अधिकारीले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।