Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीमा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

लुम्बिनीमा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना

images
  • लुम्बिनीमा माओवादी केन्द्रकाे पार्टी कार्यालय स्थापना
    images
    images

    लुम्बिनी । नेकपा माओवादी केन्द्रले  लुम्बिनीमा पार्टी कार्यलय स्थापना गरेकाे छ । लुम्बिनी साँस्कृतिक नगर समिति र निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय समन्वय समितिकाे संयुक्त कार्यालय रहनेगरी कार्यालय स्थापना गरिएकाे हाे ।

    images
    images
    images

    कार्यालयकाे उद्घाटन गर्दै माओवादी केन्द्र रूपन्देही संयाेजक निर्मल जिसीले कार्यालयले पार्टीलाई जनस्तरसम्म पुर्याउन सहयाेग गर्ने विश्वास व्यक्त गरे । माओवादी जनताकाे पार्टी भएकाले सधैँ जनताकाे पक्षमा रहने उनकाे भनाइ छ । 

    images
    images
    images

    क्षेत्र नम्बर ५ का इन्चार्ज हिराबहादुर रोकाले जनताकाे काममा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । पछिल्लाे समय कार्यकर्ता जनता भन्दा पनि नेता केन्द्रित भएकाे भन्दै पार्टी बनाउने हाे भने जनतामा जानू पर्ने बताए । लुम्बिनी धार्मिक तथा सामाजिक हिसाबले महत्त्वपूर्ण स्थान भएकाले पार्टीका नेताहरूले विशेष ध्यान दिनुपर्नेमा जाेड दिए । 

    images
    images
    images

    कार्यक्रममा नेताहरू बिक्रम यादव, राजकुमार हरिजन, अल्ताफखान, मोहम्मद हुसेन,महेन्द्र यादव,सन्तराम यादव,सहिद परिवार र स्थानीय नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।