काठमाडौँ । राजधानीको दरबारमार्गमा जारी नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका छन्।
प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिक स्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएका हुन्।
त्यसक्रममा उनले संविधान दिवसको शुभकामना दिए। अनौपचारिक पोशाकमा पुगेका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समातेका थिए।
उनीसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल लगायत उपस्थित थिए।
यसअघि सुरक्षा स्रोतले प्रधानमन्त्री ओली उक्त कन्सर्टमा सहभागी नहुने बताएको थियो भने उनको सचिवालयले सहभागी हुने जानकारी गराएको थियो।
नागरिक स्तरबाट कन्सर्ट सञ्चालन गर्ने भनिए पनि सरकारले यसको समन्वय गरेको हो। कन्सर्टमा युवाहरु नेपाली झन्डासहित पुगेका छन्।
कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology