Logo

२०८३, श्रावण ३१गते


images
images

विपिन जोशीको रिहाइका लागि विश्व समुदायलाई ध्यानाकर्षण

विपिन जोशीको रिहाइका लागि विश्व समुदायलाई ध्यानाकर्षण

images
  • विपिन जोशीको रिहाइका लागि विश्व समुदायलाई ध्यानाकर्षण
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । 

    images
    images
    images

    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी मन्त्री राणाले असंलग्न राष्ट्रहरुको सङ्गठन (नाम)को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् ।

    images
    images
    images

    उनले विपिन जोशीको स्वागतका लागि नेपाल र नेपाली व्यग्र प्रतीक्षामा रहेको भन्दै यसका लागि विश्व समुदायसँग सहयोगको आग्रह गरिन् ।

    images
    images
    images

    गत अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । सो आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए । उक्त हिंसात्मक आक्रमणमा परी अरु पनि कैयौँ मानिस मारिएका थिए ।

    नेपाल सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको मन्त्री राणाले उल्लेख गरिन् ।

    सम्बोधनका क्रममा मन्त्री राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको पनि औँल्याइन् ।

    विभिन्न बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरु भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । 

    उनले अहिले पनि विश्वका देशहरुमा निरन्तर जारी रहेका यस्ता द्वन्द्व रोक्न, युद्धबाट सृजित समस्याहरुको समाधान खोज्न र नागरिकमा शान्ति र अमनचयन कायम गर्न चुकेको अवस्था देखिएको उल्लेख गरिन् ।

    मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस–युक्रेन होस् वा अन्य द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध पनि गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विपिन जोशीको रिहाइ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।