कृष्ण अन्जान, बुटवल । सामाजिक उत्तरदायित्व र समाजसेवामा पछिल्लो पटक खडेरी परेकाे छ ।कामकाे ब्यस्तताले फेरिएकाे जीवनशैलीका कारण पनि मानिस बेफुर्सदी बनेका हुनसक्छन् । तर केही मान्छेहरु सबै व्यस्तताबाट पनि समय निकालेर समाज सेवामा जुट्दै छन र समाज सेवा मा लाग्न सबैलाई उत्प्रेरित गर्दैछन ।
शुक्रवार बुटवल उपमहानगरपालिका ११ देवि नगर स्थित गार्गी एकेडेमीमा चहप पहल देखियाे ।
एउटा निजि बिधालयले सामाजिक उत्तरदायित्व वहन गर्न बृहत रक्तदान कार्यक्रममा जुटि रहेकाे थियाे र यसकाे सँयाेजन गरिरहनु भएकाे थियाे बिद्यालयकी शिक्षिका समेत रहनु भएकी नेपाल स्वयंसेवी रक्तदाता समाजकी सदस्य भगवती अर्याल ।
विधालयमा आयाेजित रक्तदान कार्यक्रमकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर थापाले रक्तदाता मेनुका कार्की र गणेश श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरे सँगै रक्तदान कार्यक्रम शुरु भयाे र हेर्दा हेर्दै रक्तदान गर्नेकाे ताँती नै लाग्याे र १ सय ११ युनिट रगत सँकलन भयाे ।

रक्तदान कार्यक्रममा चालिस प्रतिशत नया रक्तदाताहरु सहभागी भए भने साठी प्रतिशत नियमित रक्तदाता थिए। गज्जबकाे कुरा के थियाे भने रक्तदान गर्नेहरुमा पचास प्रतिशत महिलाहरुकाे सहभागिता रह्याे जुन कुराले झनै उत्साह थप्याे ।
बिद्यालयमा आयाेजित रक्तदान र त्यसमा पनि उत्साहजनक उपस्थितमा भएकाे बृहद रक्तदान र रक्त सँकलनलाई बिधालयका प्राचार्य भुवन अधिकारीले सामाजिक उत्तर दायित्व अन्तरगत पहिलाे पटक गरिएकाे रक्तदान कार्यक्रम अद्वितीय भएकाे टिप्पणी गर्नु भयाे ।
प्राचार्य अधिकारीले भन्नु भयाे यति ठुलाे सँख्यामा उपस्थिति भएर गरिएकाे रक्तदान र सँकलित रगत हस्तान्तरण गर्न पाउँदा आफु र समस्त बिद्यालय परिवार गौरवान्वित भएकाे बताउनु भयाे ।
गार्गी एकेडेमी सन्चालक समितिका अध्यक्ष रण बहादुर थापाले रक्तदान जस्ताे पुनित कार्यमा विध्यालय आयाेजक भएर सामाजिक उत्तरदायित्व वहन गर्न पाउँदा खुशि लागेकाे बताउनु भयाे ।
कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका सदस्य लाेकराज शर्मा शिक्षा उपसमिति सँयाेजक टेकराज न्यौपाने भुतपुर्व विध्यार्थी समीर खत्रीले रक्तदानकाे महत्त्व बारे बाेल्दै रक्तदाता र आयाेजक गार्गी एकेडेमी प्रति धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बिधालयका प्राचार्य भुवन अधिकारीले कार्यक्रम संचालन र बिद्यालयकी शिक्षिका समेत रहेकी रक्तदान कार्यक्रमकि सँयाेजक भगवती अर्यालले मानव जिवनमा रगतको महत्व बारे बुझाउदै शुभकामना दिनुभएको थियाे ।
बुटवल उपमहानगर पालीका वडा न ११ मा रहेकाे गार्गी एकेडेमी याे क्षेत्रकै अव्वल शैक्षिक सँस्था मानिन्छ र हाल याे बिद्यालयमा १ हजार चार सय बिद्यार्थीहरु अध्ययनरत छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology