Logo

२०८३, आश्विन १०गते


images
images

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से

images
  • रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से
    images
    images

    काठमाडौं । शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ ।

    images
    images
    images

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । शेयर बजारमा पहिरो जाँदा कारोबार रकमा पनि सुस्ताएको छ । आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

    images
    images
    images

    आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ ।

    images
    images
    images

    आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

    आइतबार प्रि–ओपन सेसनमा २ अंकले घटेर सुरु भएको शेयर बजार खुलेको केही समयमै घट्न थालेको थियो । १२ः१४ सम्म घटेको बजार त्यसपछि भने उकालो लागेको थियो । १ः४५ तिर बजार हरियाली देखिएको भए पनि त्यो हरियाली केही बेर पनि टिकेन ।

    आज नेप्से परिसूचक उच्चतम २४९४ विन्दु र न्यूनतम २४४४ विन्दु पुगेको थियो ।

    आइतबार १३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएको छ । आज उत्पादन तथा प्रशोधन समूह १.०७ प्रतिशतले बढेर ६ हजार ७४७.५३ विन्दुमा पुगेको छ ।

    देशभर बाढी पहिरोले जलविद्युत कम्पनीमा क्षति पुराएकाले गर्दा आज सबैभन्दा बढी जलविद्युत समूह सबैभन्दा बढी २.४० प्रतिशतले घटेर २ हजार ९५५.८० विन्दुमा आएको छ ।

    आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेर १२ हजार ५७४.९० विन्दुमा झरेको छ ।

    त्यस्तै, वाणिज्य बैंक ०.७४ प्रतिशतले, विकास बैंक ०.९० प्रतिशतले, फाइनान्स १.८३ प्रतिशतले, होटल एण्ड टुरिजम १.८२ प्रतिशतले, लगानी १.४७ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, लघुवित्त ०.२९ प्रतिशतले, म्युचुअल फण्ड १.२१ प्रतिशतले, निर्जीवन बीमा ०.१७ प्रतिशतले, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह २.९७ प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शेयर बजारको पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।