Logo

२०८३, आश्विन ११गते


images
images

गुल्सन झाको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको फराकिलो जित

गुल्सन झाको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको फराकिलो जित

images
  • गुल्सन झाको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको फराकिलो जित
    images
    images

    काठमाडौं । क्यानडामा भइरहेको त्रिपक्षीय टी–२० शृङ्खला अन्तरगत ओमानसँग भएको खेलमा नेपालले फराकिलो जित हात पारेको छ।

    images
    images
    images

    क्यानडाको किङ सिटीमा भएको खेलमा नेपालले ओमानलाई ३७ रनले हरायो। नेपालको जितमा गुल्सन झाले अलराउण्ड प्रदर्शन महत्त्वपूर्ण साबित भयो।

    images
    images
    images

    नेपालले दिएको १७७ रनको जवाफमा ब्याटिङमा गरेको ओमान ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १३९ रनमा सीमित भयो।

    images
    images
    images

    ओमानका सोहेब खानले सर्वाधिक ४५ रनको योगदान गरे। यसैगरी, रफुलाले १२ बलमा ३३ तथा फ्रेयज बटले अविजित रहँदै ६ बलमा १७ रन जोडे।

    नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। यसैगरी, झाले २.१ ओभरमा १४ रन खर्चेर २ तथा सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २ रन खर्चेर १ विकेट लिए।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १७६ रनको योगफल खडा गरेको थियो। झाले अविजित रहँदै १७ बलमा ४० रनको विस्फोटक पारीलाई ऐरीले ५ बलमा १८ रन जोडेर साथ दिएका थिए।

    नेपालका कुशल मल्लले ३० तथा अनिल शाह र आसिफ सेखले समान २७ रनको योगदान गरे। ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए।

    गुल्सन म्यान अफ दि म्याच बनेका छन्। आठ खेलपछि नेपालको यो पहिलो जित हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी–२० शृङ्खला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।