Logo

२०८३, श्रावण ३०गते


images
images

मौसम पूर्वानुमानमा सरकारले हेलचेक्र्याई गर्यो : महासचिव भुसाल

मौसम पूर्वानुमानमा सरकारले हेलचेक्र्याई गर्यो : महासचिव भुसाल

images
  • मौसम पूर्वानुमानमा सरकारले हेलचेक्र्याई गर्यो : महासचिव भुसाल
    images
    images

    बुटवल ।  नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको प्राकृतिक विपत्तिमा वर्तमान सरकारले हेलचेक्र्याईँ गरेको टिप्पणी गरेका छन् । मौसम पुर्वानुमान महाशाखाले भनेको कुरालाई सरकारले हेलचेक्राईले गर्दा बाढि र पहिरोबाट धनजनको क्षति भएको उनले बताए ।

    images
    images
    images

    रुपन्देहीको ओमसतिया र रोहीणी गाउँपालिकाका अधिवेशनलाई बुधबार सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘मौसम पूर्वानुमानले भनिरहेकै थियो, तर सरकारले हेलचेक्रयाई ग¥यो’ महासचिव भुसालले भने –‘ओली सरकारको लापरवाहीले ठूलो जनधनको क्षती भयो, जनताप्रति जवाफदेहि भएन ।’

    images
    images
    images

    महासचिव भुसालले एकिकृत समाजवादीले दशंै तिहारपछि नयाँ अभियान र आन्दोलन थाल्ने बताए । उनले गरिखाने वर्गको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्ने बताएका छन् ।  उनले अहिले राजनीतिक दलहरु विचार र ऐजेन्डाविहिन बनेको बताउँदै आफूहरुसँग समाजवादी कार्यक्रम सहित जनतामा जाने बताए ।
    ‘राष्ट्रिय पूँजीको विकास गर्दै कृषिबाट आत्मनिर्भर हुने समाजबादी कार्यक्रमहरु कार्यान्वयन गर्छौ’ महासचिव भुसालले भने । उनले किसान, मजदुर र श्रमजिवि जनताको पक्षमा डटेर काम गर्न पार्टीका नेता कार्यकर्तालाई अनुरोध गरे । 

    images
    images
    images

    यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आन्दोलन र पार्टीको संगठन पनि समाजवादी स्वरुपमा आउने बताए । उनले समाजवादी कार्यक्रम सहित नेकपा एस अब जनताको विचमा जाने बताए ।

    कार्यक्रममा केन्द्रीय सदस्य बाबुलाल यादव, प्रदेश कमिटि सदस्यहरु बिजयलक्ष्मी  पाण्डे, हिराध्वज शाह, आशा चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिका अध्यक्ष् सफिउर रहमान अन्सारी, जिल्ला उपसचिव टंक पोख्रेल, नेताहरु सिरेन्द्र कुर्मी, चिरन्जिवि पाण्डे, सिता पोखरेल लगायतले बोल्दै अब जनताको विचमा जानुपर्नेमा जोड दिए । 

    यसैविच अधिवेशनबाट ओमसतिया र रोहिणि गाउँपालिकामा सर्वसम्मत ३१/३१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । रोहिणि गाउँपालिका कमिटि अध्यक्षमामा  सिरेन्द्र कुर्मि ( सिन्धु ) र ओमसतिया गाउँपालिका अध्यक्षमा कम्रेड चिरन्जिबि पाण्डे निर्बाचित भएको उपसचिव टंक पोख्रलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।