Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल-१३ मा आक्रामक बन्यो माओवादी 

बुटवल-१३ मा आक्रामक बन्यो माओवादी 

images
  • सेतोमसी सहकर्मी
  • बुटवल-१३ मा आक्रामक बन्यो माओवादी 
    images
    images

    सुदिप पहाडी, बुटवल । देशब्यापी संगठन विस्तारमा होमिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बुटवल उपमहानगरपालिकामा आफ्ना गतिविधिलाई निकै सक्रिय बनाएको छ । शनिवार मात्रै  वडा न. १३ मा उक्त पार्टीले आक्रामक योजना सहित  बैठक सम्पन्न गरेको छ ।

    images
    images
    images


    भेला पछिको प्रथम बैठकले वडा पार्टीको मुहार फेर्ने  योजना सहित विभिन्न विभागहरु गठन गरेर निश्चित व्यक्तिहरुलाई जिम्मा दिईएको पार्टी संयोजक राजेन्द्र पाण्डेले बताए  । वडा नं. १३ को कायपलट गर्ने गरि पार्टी संगठन विस्तारमा टिम होमिएको बताउँदै पाण्डेले 'राईट पर्सन इन राईट प्लेस' को अबधारणा अनुसार जिम्मेवारी तोकिएको बताए । 

    images
    images
    images

    बैठकले राजेन्द्र पाण्डेको संयोजकमा १२ सदस्य सचिवालय गठन गरेको छ । भने विभाग गठन गरि जिम्मेवार बाडफाड समेत गरेको छ  । जस अनुसार युवा संगठन बिभागमा टेक बहादुर खाती, महिला बिभागमा मिना भुषाल र कमाल खनाल र विद्यार्थी बिभागमा प्रशान्त बन्जाडेलाई जिम्मेवारी दिईएको छ । 

    images
    images
    images

    त्यसैगरी, आर्थिकमा सुर्य पौडेल, लक्ष्मी नारायण खनाल र गंगाराम घिमिरे रहेका छन भने  भने दलित मुक्ति मोर्चामा राजेन्द्र बि.क, जनजातीमा देबीप्रसाद चौधरी रहेका छन । 

    बैठकलाई सम्बोधन गर्दै पार्टीका रुपन्देही जिल्ला सचिब निर्मल जिसिले चुनौतीपुर्ण अवस्थमा देश र जनताको विश्वास जितेर अगाडी बढ्न सुझाव दिएका थिए । नेपालको कम्युनिष्ट आन्दोलनलाई संस्थागत गरी देश र जनताको पक्षका काम गर्ने अभिभाराबाट पछाडि नहट्न अनुरोध गर्दै जीसीले ठोस परिस्थितिको ठोस विश्लेषण गर्नेहरुले कहिले नहार्ने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।