Logo

२०८३, श्रावण ३०गते


images
images

विपद् प्रभावितको पहिचान भएमा तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा हुन्छः गृहमन्त्री लेखक

विपद् प्रभावितको पहिचान भएमा तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा हुन्छः गृहमन्त्री लेखक

images
  • विपद् प्रभावितको पहिचान भएमा तीन दिनभित्र अस्थायी आवासका लागि रकम निकासा हुन्छः गृहमन्त्री लेखक
    images
    images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन् ।

    images
    images
    images


    शनिबार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको माग सम्बोधन गर्दै आमरण अनसन तोडिसकेपछि बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरुको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताएका हुन् ।

    images
    images
    images

    उनले त्यसको लागि स्थानीय तहले चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरेर संघ सरकारलाई नाम पठाउनुपर्ने बताए। उनले अविरल वर्षाका कारणले देशभर बाढी र पहिरोका कारणले ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै सरकार गम्भीर भएर काममा लागेको बताए।

    images
    images
    images

    उनले विपद्‌बाट मृत्यु भएकाका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेको बताए। चाँडोभन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको बताए।

    उनले घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको बताए। उनले उद्धार, राहत, पुनःनिर्माण, पुनर्स्थपनाको  सवालमा जस्तो पूर्णरुपले क्षति भएका घरको लागि तत्काल अस्थायी आवास बनाउन रकम निकासा गर्ने कुरा अघि बढेको बताए ।

    प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा परेका ग्रामिण भेगका नागरिकको स्वास्थ्य उपचारका लागि आपत्कालीन हेली उद्धारको माग राखि भदौ २१ गतेदेखि सिलवाल आमरण अनसन बसेका थिए।

    गर्भवती एवं सुत्केरी महिलाहरु विपद् एवं आकस्मिक घटनाका कारण घाइते भई सघन उपचार आवश्यक भएका तत्कालीन सडक मार्गबाट उद्धार असम्भव वा सडक मार्गबाट उद्धार गर्दा समय धेरै लागि ज्यान जानसक्ने अवस्था रहेकाहरुको आपत्कालीन हवाई उद्धार गर्ने विषयमा सहमति भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गृहमन्त्री लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।