देवदह । देवदह नगरपालिका वडा नं ७ मदनग्राममा अवस्थित सरस्वती शिक्षालयले विद्यार्थीलाई खुत्रुके वितरण गरेको छ । मंगलबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमसंगै बालबालिकालाई खुत्रुके उपहार दिइएको विद्यालयका प्रिन्सिपल नविन पाण्डेयले जानकारी दिए ।
'बचत अहिलेको आवश्यकता हो । बालबालिकालाई अहिलेबाटै बचत गराउने बानी बसाल्ने हो भने त्यसले आगामी पुस्तालाई बचत गर्ने पुस्ताको रूपमा स्थापित गर्न सक्छ ।' प्रिन्सिपल पाण्डेयले भने 'दशैंमा प्राप्त हुने दक्षिणा समेत बालबालिकाले बचत गरुन् भन्ने उद्धेश्यले खुत्रुके उपहार दिइएको हो ।
वि सं २०६१ सालमा स्थापना भएको विद्यालयमा कक्षा ७ सम्म अध्यापन हुँदै आएकेको छ । विद्यालयलाई कक्षा १० सम्मको अध्यापन अनुमति छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology