देवदह । सरस्वती शिक्षालय देवदह–७ मदनग्रामले ३ दिने योग शिविर सुरु गरेको छ । बिद्यार्थीहरुलाई अध्ययनप्रति थप आकर्षित र शारीरिक स्फुर्तिका लागि योग शिविर सञ्चालन गरिएको शिक्षालयले जनाएको छ ।
बिहिवारबाट सुरु भएको शिविर सनिवारसम्म चल्ने शिक्षालयका प्रिन्सिपल नविन पाण्डेयले बताए । ‘विद्यालयमा विहान १० बजेदेखि ४ बजेसम्म विद्यार्थीहरुले अध्ययन गरिरहेका हुन्छन्, उनिहरुलाई एकोहोरो पढाउने काम मात्र हुने हुँदा रिफ्रेसमेन्ट कम हुन्छ ।’
प्रिन्सिपल पाण्डेले भने, ‘योग शिविर सञ्चालनसँगै विद्यार्थिहरुमा थप स्फुर्ति आउनेछ र पठनपाठन कार्यलाई थप प्रभावकारी बनाउन सहयोग मिल्नेछ ।’ करीब ६० विद्यार्थीहरू सहभागी शिविरमा योग प्रशिक्षक होमनाथ काफ्लेले प्रशिक्षण दिनेछन् ।
शिविर हरेक दिन विहान ९ : ३० देखि ११ : ३० सम्म सञ्चालन हुने शिक्षालयका कार्यकारी निर्देशक हरिप्रसाद भट्टराईले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology