Logo

२०८३, आश्विन १०गते


images
images

सरस्वती शिक्षालयद्धारा समुदायमा डस्टविन वितरण

सरस्वती शिक्षालयद्धारा समुदायमा डस्टविन वितरण

images
  • सरस्वती शिक्षालयद्धारा समुदायमा डस्टविन वितरण
    images
    images

    देवदह । सरस्वती शिक्षालय देवदह–७ मदनग्रामले सरसफाई तथा डस्टविन वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई शिक्षा सँगसँगै व्यावहारिक ज्ञान दिने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक नविन पाण्डेयले बताए । 

    images
    images
    images

    ‘सरसफाई जीवनको अत्यावश्यक र दैनिक रुपमा गरिने कार्य हो । यसप्रति विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिन आवश्यक छ ।’ पाण्डेयले भने, ‘शिक्षक र अभिभावकसँगै मिलेर टोल सरसफाई गरेपछि त्यसले विद्यार्थीलाई सरसफाई प्रति थप जिम्मेवार बनाउनेमा हामी विश्वस्त छौं ।’

    images
    images
    images

    कार्यक्रममा बोल्दै मदनग्राम टोल विकास संस्थाका  अध्यक्ष लक्ष्मण सापकोटाले डस्टविनको सही सदुपयोग गर्ने प्रतिवद्धता सहित राम्रो कामको थालनी गरेको भन्दै विद्यालयप्रति आभार प्रकट गरे । यसरी गरिने कामबाट विद्यालय र समुदायको सम्बन्ध बलियो हुने सापकोटाले बताए । विद्यालयका प्रबन्ध निर्देशक हरिप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरस्वती शिक्षालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।