राजेश पराजुली पोखरा । नेपाल राष्ट्र बैंक पोखरा कार्यालयलले हालसम्म ६५ करोड रुपैया बराबरको सुकिला नोट सटही गरेको छ । नेपालीहरुको महान पर्व दशेैं पर्वको अवसरमा राष्ट्र बैंकले केही दिन देखि सटही गर्न सुरु गरेको सुकिला नोट मंगलबारसम्म ६५ करोड मुल्य बराबरको सटही गरेकोे नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक विना ढकाल (पौडेल) ले बताए ।
उनका अनुसार यस बर्ष नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्न नसक्ने भए पनि एक पटक बजारमा चलन चल्तीमा गएका सुकिला नोट वितरण गरेको केन्द्रको निर्देशन अनुसार हाल पोखरामा पनि उक्त सुकिला नोट सटही गर्ने कार्य जारी रहेको उल्लेख गर्नु भयो । यही असोज २२ गते (मंगलबार) सम्म आफुहरुले सुकिला नोट सटही गर्ने भए पनि माग र ग्राहकाको चहाना अनुसार बुधबार (आज) पनि सुकिला नोट वितरण गरिने भएको ढकालले बताए ।
पोखराको कार्यालयबाट हाल दैनिक जसो ५ सय जनाले सुकिला नोट सटही गर्न आउने गरेको निर्देशक ढकालले जनाए । बैंक तथा विक्तिय संघ संस्थाहरुको लागि असोज ११ गतेसम्म मात्र वितरण गर्ने भने पनि केही बैंक तथा विक्तिय संघ संस्थाले अझै सुकिला नोट माग गरेको उनले जनाए ।
हाल आफुहरुले क्यू आर कोर्ड सहितको काउण्टर राखेर सुकिला नोट सटही गर्न आउने ग्राहकहरुको लागि न्यूनतम ७ देखि १० मिनेटमा सटही हुने व्यबस्था मिलाएको निर्देशक ढकालले दाबी गरे । गण्डकी प्रदेशको राजधानि पोखरामा यस बर्षको वडा दशेैं पर्व लक्षित हुने गरी करिब १ अर्ब जसो सुकिला नोट सटही हुने अनुमान गरिएको छ ।
आम सर्वसाधारणको लागि अघिल्ला बर्ष झै यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक÷एक प्याकेट १८ हजार ५ सय बराबरको सटहीको व्यबस्था गरिएको निर्देशक पौडेलले जनाए ।
पोखरा क्षेत्रमा सेवाग्राहीको माग बमोजिम सुकिला नोटको प्रबन्ध गर्ने उनको भनाई छ । नयाँ नोटमा छपाई खर्च बढी हुने भएको र पछिल्लो समयमा डिजिटल कारोबार बढी सुरु भएकोले गर्दा एवं सुकिला नोट स्टक धेरै भएकोले गर्दा नेपाल राष्ट्र बैंकले यस बर्ष नयाँ नोट नछापेका कारण सुकिला नोट सटही गरेको होे । नेपाली परम्परा देखि दशैंमा बालकालिकाहरुको खुसिको लागि भन्दै नयाँ नोट सटही गर्ने प्रचलन रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology