Logo

२०८३, आश्विन १०गते


images
images

काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

images
  • काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने
    images
    images
    काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) यु-२० पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
     
    श्रीलंकाको कोलम्बोमा हुने फाइन भिडन्त स्थानीय समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुनेछ । हिजो भएको लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
     
    त्यसअघि नेपाललले श्रीलंका र माल्दिभ्सलाई समान ३- ० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र कीर्गिस्तानसँग ३-२ सेटको हार ब्यहोरेको थियो ।
     
    नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा सबै खेलमा उज्वेकिस्तानले जीत हासिल गरेको थियो ।
     
    श्रीलंका भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलंकासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।