काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गरेका छन् ।
भेटका अवसरमा दुई देशको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटमा असोज ११ र १२ गतेको बाढी, पहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology