रुपन्देही । विहिवार बाट अविरल बर्षाको कारण रुपन्देही जिल्लाको विभिन्न स्थानीय तहमा डुबान परि धेरै घरपरिवार प्रभावित भएको छ। डुवान बाट प्रभावित घर परिवार राहत बितरणका सयोजक भिक्षु मैत्री भन्ते बाट बाढी प्रभावित लाई परिवार लाई राहत वितरण गरिएको थियो।
राहत वितरण सयोजक तथा अखिल नेपाल भिक्षु महासंघ का अध्यक्ष भिक्षु मैत्री भन्ते ले चु जी फाउन्डेसनको बारेमा जानकारी दिदै चुजी फाउन्डेसन सामान्य परिवारको महिलाले आफू बिरामी हुँदा कोसैले सयोग नगरे पछि १२ जान को समूह बनाई निर्माण गरिएको समुह मध्य २ रुपैयाँ बाट बचत गर्न हेतु ले निर्माण भएको चु जि फाउन्डेसन बनेको भन्दै जानकारी दिए भने यो संस्थाले विपन्न परिवार , खान लगाउन दुख समस्य परेको परिवार लाई रेखदेख गर्न र नेपाल आपतबिपत परिवार लाई राहत वितरण गर्दै आइ रहेको जानकारी दिएका थिए भने अहिले सम्म नेपाल १७ हजार बिपन्न परिवार लाई राहत वितरण गरिएको जानकारी दिएका थिए ।
राहत वितरण कार्यक्रममा ओमसतिया गाउँ पलिकामा बाढी पीडित प्रभावित परिवार वडा नम्बर ४ बसन्तपुर मा १ सय २३ जान र वडा नम्बर ५ धन्छीमा १५ जान र वडा ६ मझौली चौराहा मा ३० जान गरि १ सय ६८ जान बाढी प्रभावित परिवार लाई राहत वितरण गरिएको थियो भने चु जि फाउन्डेसनका स्वयंसेवक मनोज कुमार धवल ले केही दिन अगाडि रोहिणी गाउँपालिका बाढी प्रभावित २ सय परिवार लाई राहत वितरण गरिएको थियो भने भोलि मायादेवि गाउँ पालिकाम २ सय ५० घर परिवार लाई राहत वितरण गरिने समेत जानकारी दिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology