संजय लामा गुरुङ, रोहिणी । नेपाल रेडक्रस सोसाइटी धकधईले राहत वितरण गरेको छ । जिल्ला शाखा रुपन्देहीको सहयोगमा रोहिणी गाउँपालिकामा बाढी पीडितलाई राहत वितरण गरिएको हो
अविरल बर्षाका कारणको रोहिणि गाउँपालिकामा बाढी प्रभावित गाउँहरु बिष्णुपुरा, पर्सा, बुधबारे, पोखरभिण्डी, नौडिहवा र अर्माहवा गरि १ सय २५ जान घर धुरी परिवारलाई १ थान कम्मल, १ थान बाल्टी, १ थान ढेक्ची र १ पोका माक्स राहत वितरण गरिएको अनिल कुमार कौसलले बताए ।
राहत वितरण कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव लगायत स्थानीय राजनीतिक एवं सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology