नन्दु यादव, पश्चिम नवलपरासी । पश्चिम नवलपरासी जिल्लाकाे सिमावर्ती नाकाबाट भईरहेकाे मानवबेचिखनलाई पुर्ण रुपमा राेकथाम गर्ने माईती नेपालकाे मुख्य लक्ष्य रहेकाे महेशपुर स्थित माईती नेपाल कि प्रमुख एलिसा श्रेष्ठले बताएकी छन् ।
बिगत लामाे समय देखि सिमा नाकाबाट हुने मानवबेचबिखन क्रियाकलापलाई राेकथाम तथा न्युनिकरण गर्नमा माईति नेपालकाे निकै महत्त्वपूर्ण भुमिका रहेकाे बताईएकाे छ । केही समय अगाडि सरुवा भएर आएकी कार्यालय प्रमुख श्रेष्ठले ८ जनालाई भारतकाे विभिन्न ठाउबाट उध्दार गरेकाे बताइन् ।
यसै गरि १७ वटा हराएकाे निबेदन कार्यालयमा परेकाेमा ६ जनालाई फेला पारि परिवारजनलाई बुझाएकाे बताईएकाे छ । ६१ जनालाई पुनर्मिलन गराईएकाे छ भने ४ वटा मानवबेचबिखन सम्बन्धि मुद्दा अगाडि बढाईएकाे छ ।
खास गरि नेपालकाे नवलपरासी, बुटवल, रसुवा लगायतकाे जिल्लाबाट विभिन्न बहानामा दलालहरु सिमानाकाकाे बाटाे भएर भारतकाे दिल्लि, बम्बई, महाराष्ट्र लगायतका ठाउमा बेचबिखन गरिन्छ ।ललाई फकाई जागिर दिलाउने, आर्थिक लाेभ लालचमा पारि बेचबिखन कार्यहरु दलालले गरिरहेकाे श्रेष्ठको भनाई छ ।
मानव बेचबिखन राेकथामका लागि ब्यवसायिक बाल याैन शाेषण सम्बन्धि यस क्षेत्रमा रहेका ५ वटा बिद्यालयका बिद्यार्थीहरुलाई जनचेतनामुलक प्रशिक्षण समेत गरिएकाे बताईएकाे छ।
विभिन्न समयमा स्थानीय सरकारसंग पनि समन्वय गरि आमनागरिकहरुलाई पनि जनचेतना जगाईएकाे छ। आउने दिनमा नयाँ याेजनाका साथ आमनागरिक, प्रहरी, पत्रकार सबैसंग सहकार्य गरि मानवबेचबिखन राेकथाम गर्न प्रतिबद्धता समेत श्रेष्ठले जनाएकी छन् ।
महेशपुर नाकामा घुम्ती शिबिर राखि विभिन्न कार्यक्रम मार्फत काम गर्दै आमनागरिकलाई मानवबेचबिखन सम्बन्धि जनचेतना जगाउदै राेकथाम तर्फ माईती नेपाल सक्रिय रहेकाे छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology