देवदह । रुपन्देहीको देवदहमा किसानका लागि ५० प्रतिशत अनुदानमा बिउ बितरण गरिएको छ । देवदह नगरपालिका वडा नं ३ को कार्यालयले किसानलाई अनुदानमा गहु, तोरी र घासको बिउ किसानहरुलाई प्रदान गरेको हो ।
वडा कार्यालयको आर्थिक बर्ष २०८९/८० मा गहु, धान, तोरीको बीउ किसानलाई निशुल्क उपलब्ध गराउदा उत्पादनभन्दा गुनासो बढी आएपछी चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा प्रदान गरेको वडाअध्यक्ष यज्ञप्रसाद अर्यालले जानकारी दिए ।
देवदह नगरपालिकाले कृषिका कुरा गरेपनि बजेट भने सोचे जति विनियोजन नगर्दा किसानहरुलाई प्रयाप्त मात्रामा अनुदानमा विऊ प्रदान गर्न नसकिएको बताउदै वडाले नगरबाट प्राप्त गरेको रकमको १९ प्रतिशत बजेट कृषि विकासमा विनियोजन गरेको जनाएको छ ।
वडा नं ३ ले वडावासीका लागि गहुँ ४१ रुपैयाँ प्रति केजि, तोरी १ सय १० रुपैया प्रति केजी र घाँसको बिउ १ सय ५५ रुपैया प्रति केजीमा उपलब्ध गराएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology