सन्तोष सुनार, प्यूठान । प्यूठानमा दुई वटा शव फेला परेका छन ।
बुधबारदेखि हराईरहेका स्वर्गद्वारी नगरपालिका ५ तल्लो सारीका वर्ष ७५ का जगनात अधिकारीको शव भिङ्ग्री बजारबाट तापा र बर्जिबाङ जाने बेली ब्रिजको दुई सय मिटर तल दिउँसो २ बजेको समयमा भेटिएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख टेक प्रसाद भण्डारीले जानकारी दिए ।
शव भेटिएका अधिकारीले ३ दिनअघि माडि नदिको किनारामा आफ्नो चप्पल र लौरो राखेका कारण हामफालेको हुन सक्ने भनेर संकास्पदको आधारमा खोजि गर्दा शुक्रबार शव भेटिएको भण्डारीले बताए ।
त्यस्तै आजै स्वर्गद्वारी नगरपालिका ३ चिराबारी बस्दै आएका वर्ष ६३ का दामोदर खनाल स्वर्गद्वारी मन्दिर दर्शन गरेर आई घाम भएको कारण बेलिब्रिजको छेमा झोला, कपडा जुत्ता राखेर नुहान जादा नदिले बगाउदा गोठिबाङको घण्टीखोला दोभानमा भेटिएको इलका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी निरिक्षक नविन कुमार थापा क्षेत्रिले जानकारी दिए ।
शव भेटिएका खनालले भिङ्ग्री बजारमा घडिहरु बनाउने काम गर्दै आएको स्वर्गद्वारी नगरपालिका ३ का वडा अध्यक्ष कुष्ण बहादुर रोकायले बताए ।
उनको आफन्त हाल दाङको लमाईमा रहेको हुदा खबरपछि हिडिसकेको अध्यक्ष रोकायले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology