राजेश पराजुली, पोखरा । पोखरामा पटका पड्किने क्रम बढेको छ । शहरका मुख्य सडक भन्दा रेसिडेन्टल क्षेत्रमा अत्यधिक रुपमा पटका पड्किएका छन् ।
बिहीबार लक्ष्मी पूजाको साँझदेखि नै पटका पड्काउने क्रम बढेको र आज पनि सो क्रम जारी छ ।
विशेषगरी राती पड्काएपनि दिउँसोको समयमा देउसी भैलो खेल्ने समूहले प्रहरीको आँखा छलेर पटका पड्काएको पाइएको छ ।
लगातार पटका पड्काउँदा नागरिक तथा वृद्धवृद्धाहरु आजित बनेका छन् ।
‘पर्वको नाममा ध्वनी प्रदूषणमात्रै होइन आगलागीको जोखिम पनि बढेको छ, रानीपौवाका स्थानीय रामबहादुर गुरुङले 'रातभर पनि पटका पड्किएको थियो, ठूलाठूला आवाज आउने ठूलै पटकाहरु पड्किएका छन् । प्रहरी निकार्यबाट अलि निगरानी बढाउन पर्ने आवश्यक देखिएको छ । त्यसैले हामीले प्रहरी कहाँ खबर गर्छौ ।’
मुख्य चोक र सडकमा प्रहरीहरुको तैनाथी देखिएपनि भित्री गल्लीहरुमा भने कम देखिएको छ ।
यता बागलुङ बसपार्क क्षेत्रमा पनि पटका पड्काएर आतंक मच्चाएको टेक बहादुर पुनले बताए । ‘यस्तो चर्काे आवजले मुटु रोगीलाई त ठहरै पार्छ नी, उनले भने, ‘आतंकै मच्चाछ हाम्रो टोलतिर पनि । प्रहरीलाई जानकारी गर्नैपर्ने भाछ ।’
यद्यपी यस गतिविधिलाई रोक्न र कानूनी कारबाही गर्न भने कास्की प्रहरीले कसरत गरिरहेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology