Logo

२०८३, श्रावण ३०गते


images
images

देउसी भैलोमा मस्त पर्यटक

देउसी भैलोमा मस्त पर्यटक

images
  • देउसी भैलोमा मस्त पर्यटक
    images
    images

    राजेश पराजुली, पोखरा ।  नेपालीहरुको चार्ड तिहार पर्वको अवसरमा पोखरामा विभिन्न उद्धेश्यले खेलिएको देउसी भैलो कार्यक्रमले पोखरा गुन्जायमान भएको छ ।

    images
    images
    images

    पोखराको पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा भने देउसी भैलो खेलको विदेशी पर्यटकहरु मस्त भएको छन । राति अबेरसम्म पोखराको सडकमा पर्यटकहरुको उल्लेखनिय उपस्थिती रहेको छ ।  पोखरामा चहल पहल ह्वात्तै बढेको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए । उनका अनुसार पोखरामा हाल पर्यटकको अकुपेन्सि करिब ६० प्रतिशतको हाराहारीमा रहेको छ ।

    images
    images
    images

    देउसी भैलो कार्यक्रम विदेशी पर्यटकहरुले समेत राति अबेरसम्म निकै रुचि पूर्ण ढंगबाट अवलोकन गर्दै मनोरन्जन लिने गरेको उनले जनाए । 

    images
    images
    images

    लेकसाइड क्षेत्रमा राति अबेरसम्म विभिन्न स्थानमा देउसी भैलो खेल्दा सो क्षेत्रमा चहल पहल बढेको हो । 

    received_2257865444579744.jpeg

    नेपाली कला संस्कृति झल्कने नेपाली पन भन्दा पश्चिमा मुलुकको गित संगितमा समेत देउसी भैलो खेल्ने क्रम पोखरामा बढ्दो रहेको छ ।

    हाल पदमार्गमा गएका आन्तरिक तथा बाह्यि पर्यटकहरु समेत पोखरामा फर्किएकाले गर्दा पनि पर्यटकको पहल पहल केही बढेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जनाए ।

    पोखराका मुख्यचोक देखि बजार क्षेत्रमा तिहार पर्वको लागि आवश्यक पर्ने खाद्य तथा उपहार एवं भाई मसला किन्नेहरुको समेत भिडभाड भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी, भैलो तथा नाचगान जस्ता कार्यहरू गुनासो रहित तवरले सञ्चालन गर्नुहुन एवम् सार्वजनिक यातायात, आवतजावत र जनजीवनलाई असर नपर्ने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । 

    त्यसै गरी प्रशासनले पटका, आतिसबाजी, झरझरे, भुइँचम्पा जस्ता विस्फोटकजन्य पदार्थ प्रयोग नगर्न चेतावनी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउसी भैलो
  • # पर्यटक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।