Logo

२०८३, श्रावण ३०गते


images
images

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु

पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु

images
  • पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु
    images
    images

    एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा रेलवे स्टेसनमा शनिबार भएको विस्फोटमा परी २१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

    images
    images
    images

     विस्फोटमा घाइते भएका ४६ जनालाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको बताउँदै मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरी महानिरीक्षक मोअज्जम जाह अन्सारीले  बताए ।  

    images
    images
    images

    अफगानिस्तान र इरानको सिमानामा रहेको बलुचिस्तान प्रान्तको राजधानीमा स्थानीय समय अनुसार बिहान ८ः४५ बजे  रेलले यात्रुहरूलाई  पर्खिरहेको समयमा विस्फोट भएको स्रोतले जनाएको छ ।  

    images
    images
    images

    पछिल्लो समयमा आतङ्कवादीहरूले विदेशी वित्तपोषणको आधारमा ऊर्जा परियोजनालाई लक्षित गरी विस्पोटका घटनाहरू बढाउदै आएको जनाइएको छ ।  

    गत अगस्टमा भएका  दर्जनौँ आक्रमणको  जिम्मेवारी बीएलएले  लिएको थियो जसले कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।